२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोका परिवार बिचलीत

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
लहान,५ माघ।२०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्माए ।कतिलाई सत्ताको माथिल्लो तहसम्म पुर्याए । मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोको परिवारको पीडामा कसैले मलम लगाएनन् ।

पहिलो मधेस आन्दोलन र प्रथम सहिद रमेश महतोको पर्यायबाची भएपनि उनको परिवारले छोराले पालेको सपनाको अनुभुति गर्न सकेको छैन । माघ ५ गते आइतबार पनि सिरहाको लहानस्थित सहिद चोकको शालिकको सरसफाई र रंगरोगन गरिएको छ । तर,लहानदेखि करिव १५ किलोमिटर दक्षिण रहेको उनको गाउँ नवराजपुर–३, मझौरामा सहिद रमेश महतोका बुबा ७४ वर्षिय रवि महतोलाई कुनै जानकारी छैन ।

शनिबार अपरान्ह सहिद महतोको घर पुग्दा उनका बुवा रवि महतो घर नजिकैको खेतबारीमा घुमिरहेका थिए ।पहिला नेताहरुले कार्यक्रमबारे खवर पठाउने, लिनलाई गाडी पठाउने गरेपनि दुई तीन वर्षदेखि कार्यक्रमबारे जानकारी गराउन पनि कन्जुस्याई गर्न थालेको बुवा रवि महतोले गुनासो गरे । हामीलाई नेताहरुले खोजेन भन्ने कुनै गुनासो छैन, हामी उनलाई(सहिद महतो) हरेक पल सम्झिरहन्छौं,उनले गरेको बलिदानीप्रति आजपनि मलाई उत्तिकै गर्व छ’ बुवा महतोले भने ।संघको सीमाब्कनकै मुद्दामा पाँच महिनाभन्दा लामो समयसम्म चलेको आन्दोलन भयो ।

आन्दोलनको मर्मअनुसार नै देश अहिले संघियतामा छ । संघियताको स्वाद निश्चित नेताहरुले मात्र लिईरहेको प्रति सहितका बुवाले दुःखेसो पोखे । उनले भने सहिदले संघियता देशको लागि

खोजेका थिए तर आज संघियता निश्चित नेताहरुले उपभोग गरिरहेका छन्, हामीजस्ता निमुखा जनता अझैपनि मर्कामै छौं । उनले मधेसवादी दलले उठाएको मुद्दा सहि भएपनि उनीहरुले सहिद परिवार, घाइतेका परिवार र जनतालाई विश्वासमा लिन नसकेको गुनासो गरे । उनले सहिद दिवसमा अव मलाई आधिकारीक सूचना नआएसम्म नजाने पनि बताए । उनले भने ,म घरमै रमेशको फोटोमा फूलमाला चढाउँछु । पार्टीले आधिकारीक सूचना नपठाएसम्म जान्न ।’संघियता, लोकतन्त्र र जनअधिकारका लागि सहिदले बलिदान गरेका भएपनि यतिका वर्ष बित्दा पनि मधेसमा स्थिरता नदेखिएको प्रति सहिद परिवार चिन्तित छ।

मधेशी दलका नेताहरुले आन्दोलनमा सहादत प्राप्त गरेको परिवारलाई ५० लाख नगद, नोकरी र शिक्षाको प्रबन्ध गर्ने भनाई सुनेकी सहिदकी आमा भगवतीले भनिन्, ।अब के होला रु सहिदका बुवा रविले भने,मधेसी जनताको अधिकार स्थापित गर्न एउटा छोराले सहादत प्राप्त गरे पनि हामीजस्ता धेरै छोराले तपाईंलाई सहारा दिन्छौं भनेका थिए,त्यसपछि कोही आएका छैनन् ।’हरेक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लहान पुगेर छोरा(रमेश) को प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का पार्ने गरेको रविले सुनाए ।

मधेस आन्दोलनपछि उदाएका दल पदका लागि विभाजित भएको सुनाउँदै उनले भने,।मधेसी नेताहरू आफैं लडाइँ गरेर फुटेको देख्दा मन दुख्छ ।’फुट र विभाजनले कसैको हित नगर्ने जनाउँदै रविले सबै मिले मात्र देश बलियो हुने बताए ।सबै मिले देश बलियो हुन्छ,मधेसी जनता अधिकार सम्पन्न हुन्छन’,उनले भने,भिनभिनाउज (अलग भएर)
देश चल्दैन ।’मधेस आन्दोलन र छोरा रमेशका विषयमा कुरा गर्दै गर्दा आमा रानो छोरो सम्झेर भकानिँदै थिइन् । अव हामी नेताहरुको पछि लागेर कतै जाँदैनौं, छोराले देशको निम्ति साहदत प्राप्त गरे, हामी उनलाई घरमै रहेको प्रतिमामा माल्यार्पण गरी सम्झन्छौं, र उनको मनोकामना पुराहोस्भ न्ने कामना गछौं ।

नेताहरुले दिनभरी घुमाएर माला र दोसल्ला ओढाएर पठाउँछन्, सहितका आमा रानोले भनिन् नेताहरुले हामीलाई दिएको भनेकै दोसल्लामा र माला हो,त्यसवाहेक केही पाएकै छैनौं । उनले छोराको प्रतिमा सधैं सुरक्षित रहोस् भन्ने चाहन्छिन् ।यहाँ परिवर्तनसँगै प्रतिमा भत्काउने चलन छ, त्यस्तो नहोस् । हामीलाई छोरो सम्झने र जीवन जिउने माध्यम त्यही हो ।’:-जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]