२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

युवा व्यवसायी सुल्तानियाको निधन

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ माघ।युवा व्यवसायी महाबीर सुल्तानियाको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।५१ वर्षिय सुल्तानियाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी गत आइतवारदेखि बिरामी भएका थिए ।उपचारका लागि काठमाण्डुको ओम नर्सिग होममा भर्ना भएका सुल्तानियाको रोग पत्ता लाग्न नसकेपछि दिल्ली रेफर गरिएको थियो ।एयर एम्बुलेन्सबाट दिल्ली पुगेका सुल्तानियाको निधन भएको हो ।उत्तर प्रदेशको बनारसमा उनको अन्त्येष्टि गरिएको छ ।

उनी जनकपुरधामको शिवचोकस्थित आफ्नै घरमा हेलो इन सञ्चालनगर्दै आएका सूल्तानिया जानकी फाइनान्स कम्पनीको सधारण शेयरहोल्डर तर्फबाट सञ्चालक समितिमा थिए ।

उनको एक छोरा, श्रीमती, आमा, भाउजु र दुई जना भतिजा छन् ।

महाबीर सुल्तानिया जनकपुर टुडे पत्रिका सञ्चालन र व्यवस्थापनमा सकृय सहयोग गर्ने सिमित व्यक्तिहरु मध्येका एक थिए ।उनको सयोगबिना जनकपुर टुडेको डमी अंकको प्रकाशन संभव थिएन् ।

सुल्तानियाको निधनप्रति जनकपुर टुडे मिडिया ग्रुपले दुख व्यक्तगर्दै उनको आत्माको चीरशान्तिका लागि कामना गरेको छ ।दुखको घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]