२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

जनकपुरधामबाटै पेस्तोलसहित २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ माघ। जनकपुरधामबाट दुई जना पेस्तोलसहित पक्राउ परेका छन्।शनिबार जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४० वर्षीय जितेन्द्र कुमार यादब र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् । उनीहरु सवार बा. १४ च. ७४५९ नम्बरको कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । त्यसपछि प्रहरीले कारलाई चेकजाँच गर्दा राउण्ड गोलीसहित पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

गाडीमा पेस्तोल राखेपछि गाडीधनी समेत रहेको यादब र सोही गाडीमा सवार झालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । उनले गाडी पनि नियन्त्रणमा लिएको बताए । उनी दुवै जनामाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]