१७ माघ २०८२, शनिबार
31-01-2026 , Sat
×

जनकपुरधामबाटै पेस्तोलसहित २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ माघ। जनकपुरधामबाट दुई जना पेस्तोलसहित पक्राउ परेका छन्।शनिबार जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४० वर्षीय जितेन्द्र कुमार यादब र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् । उनीहरु सवार बा. १४ च. ७४५९ नम्बरको कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । त्यसपछि प्रहरीले कारलाई चेकजाँच गर्दा राउण्ड गोलीसहित पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

गाडीमा पेस्तोल राखेपछि गाडीधनी समेत रहेको यादब र सोही गाडीमा सवार झालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । उनले गाडी पनि नियन्त्रणमा लिएको बताए । उनी दुवै जनामाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]