०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

महिलाहरुलाई आत्मनिर्भर वनाउने उदेश्यले संचालन गरिएको एकमहिने तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्युजमधेश समाचारदाता
जनकपुरधाम,५ माघ। महिलाहरुका लागि व्यक्तित्व विकासमा सहयोग पुरयाउन आयोजना गरिएको एक महिने मिथिला चित्रकाला तालिम सम्पन्न भएको छ ।

जनकपुर आर्ट एण्ड क्राफ्ट र नेपाल दलित महिला उत्थान संघको संयुत्त आयोजना र ब्रीज वाटर स्टेट यूनिभरसिटीका प्रोफेसर डाईना फ्कसको सहयोगमा संचालित तालिम पुस ३ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो।

४ जना किशोरी र २ जना महिला लगाइत जम्मा ६ जना सहभागी रहेको उक्त तालिमको उदेश्य मिथिला पेन्टिङ्गको माध्यमले महिला सशत्तिकरण गरी आफ्नो व्यत्तिगत, पारिवारीक तथा सामूदायिक जीवनमा नेतृत्व प्रदान गर्नु रहेको जिल्ला युवा संजाल धनुषाको महासचिव कुलदिप साहले जानकारी दिएको हो।

तालिममा मिथिला पेन्टिङ्ग संगसंगै महिला शसत्तिकरणका लागी महिला हिंसा, महिला अधिकार, वाल विवाह, दाइजो प्रथा, लैङ्गिक विभेद, लैङ्गिक समानता, घरेलु हिंसा (कसुर तथा सजाय) ऐन२०६६, जातिय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) ऐन २०६८ तथा २०७२ को संविधानको अवधारणा र नागरिकता सम्बन्धि हकमा आमाको नामबाट नागरिकता बारे जानकारी गराइएको थियो ।

सहभागी भन्छिन् ‘यस तालिममा जानकारी गराईएको ऐन कानुन पनि सिकेकी छु । पेन्टिङ्ग संगसंगै गाउँमा कुनै विभेद वा हिंसा भयो भने त्यस विरुद्ध पनि अवाज उठाउछु ।’तालिममा प्रशिक्षकको रुपमा कमलबाबु परियार, विमला दास छन् भने मिथिला पेन्टिङ्गको प्रशिक्षण रिना साह, बबिता गरौ र सुलोचना कर्णले प्रदान गरेकी छन् ।

तालिम पश्चात सहभागी महिला तथा किशोरीहरुले समाजमा व्यापत महिला हिंसा तथा कुरितीहरुलाई पेन्टिङ्गको माध्यमले वाहिर ल्याउछिन भने पेन्टिङ्ग कै माध्यमले लोप हुदै गईरहेका मिथिलाका संसकार, संस्कृति र सभ्यतालाई जिवन्त राख्ने लक्ष्य लिइएको छ ।

तालिमले महिला सशत्तिकरण संग सगै उनीहरुको जिविकोपार्जनमा समेत अहम भूमिका खेल्ने कार्यक्रम संयोजक अशोक साहको भनाई छ ।तालिममा सहभागीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]