२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मधेसी शहिदहरुको सम्झनामा विद्यार्थी यूनियन धनुषाद्वारा दिपप्रज्वलन कार्यक्रम

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, ५ माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दिपप्रज्वलन गरिएको छ । समाजवादी विद्यार्थी यूनियन, धनुषाले शहिदहरुको सम्झनामा दिपप्रज्वलन गरेका हुन् ।

दिपप्रज्वलनमा समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् । उनले संघीयता कार्यान्वयणमा जोड दिदै प्रदेशलाई अधिकार सम्पन्न र संविधान संशोधनका लागि संघर्ष जारी राखेका बताए ।

उनले वर्तमान कम्युनिष्ट सरकार संघियता विरोधी गतिविधिमा सक्रिय रहेको आरोप समेत लगाए । उनले संविधान संशोधन गर्ने लिखित सम्झौता गरी मधेससँग प्रधानमन्त्री ओली गद्दारी गरेको पनि बताए ।

दिपप्रज्वलन समारोहमा प्रदेश सांसद रामअशिष यादव, प्रदेश उपाध्यक्ष उर्मिला साह, प्रदेश सदस्य ममता मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव, कमलेश यादव, सुनिल मण्डल, बलराम कापर, बिन्दी लाल महतो, प्रमोद कुमार अधिकारी, उमेश यादव, विकास यादव जितेन्द्र कापर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]