२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मधेशवादी प्यानेल विजयी

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
रौतहट,६ माघ।जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ६ स्थित श्री माध्यमिक विद्यालयको व्यवस्तापन समिति को निर्वाचनमा मधेशवादी प्यानल विजयी भएको छ ।

राजनितिक हस्तक्षेपका कारण विगत लामो समय देखि विबादित रहेको विद्यालय व्यवस्थापन समितिको शनिवार भएको भएको निर्वाचनमा मधेशवादी समूहका गठवन्धनले विजयी हासिल गरेका छन । समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादवको लगनशीलता परिश्रमको कारण नेकपाको प्यानल पराजित भएको हो ।

नेकपाबाट निर्र्वािचत नगर उपप्रमुख गौरीशंकर प्रसाद जायसवालको कारण अवरुद्ध रहेको विद्यालय व्यवस्थापन समितिको छनौट प्रक्रिया निर्वाचनको माध्यमबाट पूरा भएको हो । निर्वाचनमा मधेशवादी पैनलका रामप्रसाद यादवको विजयी भएको हो । मौजेलाल यादव ,पूनम देवी जायसवाल र राम कुमारदेवी ९३ मतले जीत हासिल गरेका हुन ।

१४ सय मतदाता रहेको उक्त विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ८६० मत खसेको थियो । रामप्रवेश यादवको पक्षमा ४५० मत प्राप्त भएको थियो भने प्रतिपक्षमा उमेदवार नेकपा समर्थक सुरेन्द्र प्रसाद यादवलाइ ३५७ मत प्राप्त भएको निर्वाचन अधिकृत राजेन्द्र साहले जानकारी गराएका छन । २० मत बदर भएको थियो भने ३१ मत छ्यासमिस खसेको थियो । निर्वाचित रामप्रसाद यादवले विद्यालयको स्तरउन्नती र गुणस्तरीय शिक्षा आफनो प्राथमिकता भएको प्रतिवद्धता जनाएका छन ।

युवा नेता लखिन्द्र यादवले शिक्षाको विकास हाम्रो प्रतिवद्धता भएको जनाएका छन । उनले शिक्षा र स्वास्थ्यको विकास नै विकासको मुलभुत आधार भएको भन्दै शिक्षामा राजनितिक क्षम्य नहुने चेतावनी समेत दिएका छन । युवाहरुको समूहको सक्रियता को कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन हुन सकेको छ । नेकपाको बहुलयता रहेको क्षेत्रमा मधेशवादी दलको यो जितले आगामी निर्वाचनमा परिवर्तन ल्याउने जन विश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]