११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

मरेको भनिएकी महिला जिवितै फेला

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
रौतहट,६ माघ।रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ६ सेढ़वा ब्रह्मपुरीमा मृत्यु भएको भनिएकी एक महिला जीवित रहेको पुष्टि भएको छ ।

पुस २८ अर्थात् १३ जनवरीका दिन गरगहना सहित गायब भएकी महिलाको परिवारजनहरुले १६ जनवरीमा मृत्यु भइसकेको बताएका थिए । १७ जनवरी माघ ३ गते शुक्रवार उक्त महिलालाइ बैरगनिया सिमामा रहेका एसएसवीले जीवितै बरामद गरेको थियो ।

भारतीय संचार माध्यमको अनुसार सर्लाहीको सेड़वा ब्रह्मपुरी निवासी सिमा कुमारीको मृत्यु १६ जनवरी ३ गते माघ शुक्रवार भएको पुष्टि परिवारजनले दाह संस्कार गर्नको लागि जिम्मा लिएको थियो ।

युवक पक्षले डीएनए परीक्षणको माग गरेपछि प्रहरी उपरीक्षकले परीक्षण गराएर परिवारको शव जिम्मा लगाउन बथनाहा थाना अध्यक्ष लाइ निर्देशन दिएको थियो । १८ जनवरी शनिवारका दिन नेपाल भारत सिमाको बैरगनिया सिमामा रहेका भारतीय सिमा सुरक्षा बल २० बटालियनले शंकास्पद अवस्थामा रोकेर जेकजाँच गर्दा ठूलो मात्रामा गहनाहरु बरामद गरेको थियो । छानविनको क्रममा उक्त महिलाले गहना लिएर माइती घर गइरहेको बताएकी थिइन् ।

अर्को विबाह गर्ने बताएपछि बैरगनिया एसएसवीले परिवारलाइ खबर गरेर बोलाएपछि उक्त रहस्य खुलेको छ । दाई र भाउजुले मुचुल्का गरेपछि उक्त युवतीलाइ रिहा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]