१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

विभिन्न पार्टी परित्याग गरि दर्जनौं राजनीतिकर्मी जनमतमा प्रवेश

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,६माघ।विभिन्न पार्टी परित्याग गरि राजविराजमा आयोजित एक कार्यक्रम बिच डेढ दर्जन भन्दा बढी राजनितिकर्मीहरुले डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । राजविराजको दासधर्मशालाको सभाहलमा जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा सोमबार आयोजना गरिएको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

राजपाबाट छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ का बुुल बुल मेहता, सोही गाउपाँलिका वडा नम्बर ६ का गोविन्द मण्डल (बौवैन), राजविराज ४ का दिनेश साह, समावादीबाट रामविलास सरण, छिन्नमस्ता ५ का सुमन शर्मा, ऐमालेबाट राजविराज ३ का नन्दी रामलगायतले जनमत पार्टीमा प्रवेश गरेका छन् ।

यसै गरी छिन्नमस्ता ४ का रामवतार यादव, सुर्य ना. पैकरा, समाजवादीबाट कपिल देव राम, छिन्नमस्ता ६ का कुशेश्वर मण्डल, हनुमान नगर कंकालिनी नगरपालिका २ का जय प्रकाश गोइत, नर्घोका मो. मौलाना खान, चन्दन साह, भोला प्रसाद यादव, जलेश्वर साफीलगायतले जनमत पार्टीमा प्रवेश गरेको हो ।

साेही कार्यक्रममा गैर अावासीय मधेसी संघकाे सप्तरीमा पञ्चलाल मधेसीकाे नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । सन्तोष विश्वास, पञ्चदेव माझी, शम्भु प्रसाद मण्डल, धिरेन्द्र कमार राम, राजेन्द्र दास, श्याम नारायण ईसर, दिपेन्द्र मण्डल, हिरालाल शर्मा, राजेश यादव, उमेश प्रसाद, दिपेन्द्र मण्डल, बद्री माझी, कृष्णा साह, सदानन्द मुखियालगायतले सदस्यमा रहेका छन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य अबदुल खान, केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीकाे समेत उपस्थिती रहेको थियो । कार्यक्रममा उद्घाेषान युवा जनमत संघ सप्तरीका संयाेजक मनाेज यादवले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]