०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बालबालिकाले खाना नखाए के गर्ने ?

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

सोलिन्द्र चौधरी
जनकपुरधाम,७ माघ।हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । एकजना परिचित व्यक्तिको घरमा जाँदा त्यहाँ कोही ताली पिटिरहेका थिए, कोही गिलासमा चम्चा ठोक्दै थरीथरीका आवाज निकालिरहेका थिए भने कोही ‘ऊ चरी आयो चरी आयो’ भन्दै थिए त कोही ‘म खान्छु, म खान्छु’ भन्दै बच्चाको अघिपछि दौडिरहेका थिए । एकछिन त म अलमलमा परिरहेँ ।

हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ ।

एकजना परिचित व्यक्तिको घरमा जाँदा त्यहाँ कोही ताली पिटिरहेका थिए, कोही गिलासमा चम्चा ठोक्दै थरीथरीका आवाज निकालिरहेका थिए भने कोही ‘ऊ चरी आयो चरी आयो’ भन्दै थिए त कोही ‘म खान्छु, म खान्छु’ भन्दै बच्चाको अघिपछि दौडिरहेका थिए । एकछिन त म अलमलमा परिरहेँ ।

पछि पो बल्ल थाहा भयो, छोरालाई विद्यालय पठाउने समय भइसकेको रहेछ तर ऊ खाना खान नै मान्दो रहेनछ । त्यसैले खाना खुवाउने प्रक्रियामा घरका सदस्यहरूले यति धेरै नाटक अथवा अभिनय गर्नु परेको रहेछ ।

यो एउटा घरको मात्र समस्या होइन । आज बालबालिका भएका हरेक घरमा यो समस्या पाइन्छ । प्रायः बालबालिकालाई घरमा पाकेको खानेकुराले आकर्षित नगर्ने गुनासो धेरै अभिभावकको छ ।

विद्यालय जाँदा टिफिनको रूपमा होस् या त विद्यालयबाट फर्केर घर आएपछि अथवा टीभी हेर्दा या त कुनै घुम्न गएको समयमा चाउचाउ, बिस्कुट, चिप्स र चकलेटमा रमाउने बालबालिकाको संख्या अधिक पाइन्छ ।

विज्ञानको विकास एवं समय परिवर्तनसँगै मानिसको खाने बानी र खानाको परिकार एवं स्वादमा परिवर्तन आउनु स्वाभाविक कुरा हो । तर, अस्वस्थकर एवं असन्तुलित खानेकुराले बालवृद्धि र विकासमा पुर्‍याउने असरलाई भने कमै अभिभावकले ध्यान दिने गरेको पाइन्छ । यही विषयमा नेसनल इन्स्टिच्युट अफ साइकोलोजीले भर्खरै काठमाडौंमा एक मतसर्वेक्षण गरेको थियो, जसमा ५० प्रतिशतभन्दा बढी बालबालिकामा खाना खाने समस्या पाइएको छ ।

अस्वस्थकर एवं असन्तुलित खानेकुराले पार्ने असर

.पेट खराब हुने र पटकपटक बिरामी परिरहने गर्छन् ।
. दाँत छिटै कीराले खाने एवं मुख र गिजासम्बन्धी विभिन्न समस्या देखा पर्छन् ।
. राति मस्तसँग निदाउन सक्तैनन् । साथै राति ओछ्यानमा पिसाब गर्ने गर्छन् ।
. शरीरको तौल घट्ने अथवा शारीरिक रूपमा भद्दापन (मोटाउने) आउने गर्छ ।
. एकाग्रता हराउँछ, स्मरणशक्ति कमजोर हुनुका साथै बौद्धिक क्षमतामा असर पुर्‍याउँछ ।
. शारीरिक एवं मानसिक रूपमा थकित महसुस गर्र्ने र चिडचिडापना बढ्दै जान्छ ।
. बालवृद्धि र विकासलाई नकारात्मक प्रभाव पार्छ ।
. आमा र छोराछोरीबीचको आत्मीयतामा कमी ल्याउँछ ।

बालबालिकाले घरको खाना खान नमान्नुका कारण

. वास्तविक भोकको अनुभव गर्ने अवसर नपाउनाले । किनभने आफूखुसी चाहेको बेलामा भान्सा अथवा स्टोरबाट मन लागेको कुरा झिकेर खान पाउँछन् ।
. खाने समयको निश्चित तालिकाको अभावमा खाना खानलाई निश्चित समय तोकिएको पाइँदैन र आफूलाई मन लागेको बेलामा खाने सुविधा भएको कारणले पनि बिहानको खाजा, दिउँसोको खाना अथवा डिनरको परिपाटीलाई अवलम्बन गरेको पाइँदैन ।
. सधैंभरि एकनासको खाना खुवाउने गर्नाले ।
. बालबालिकाको मागअनुरूपको खाना बनाइदिने गर्नाले ।
. ससाना बालबालिकालाई आफैंले खाने अवसर र प्रोत्साहन नदिएर ठूलाले खुवाइदिने गर्नाले ।
. बालबालिकालाई घरको परिवारसँगै राखेर नखुवाउनाले । अधिकांश घरमा बालबालिकालाई पहिले नै खुवाएमा हल्का महसुस गर्ने गर्छन् ।
. के कस्ता खानेकुराले शारीरिक अथवा मानसिक विकासमा प्रभाव पार्छ भन्ने सम्बन्धी ज्ञान नभएका कारण मसला र टेस्टमेकर भएका खाना खाँदा भोकलाई मार्छ र खाना खान मन नलाग्ने समस्या बढ्दै जान्छ ।

खाना खान नमान्ने बालबालिकालाई कसरी सहयोग गर्ने ?
. बालबालिकालाई वास्तविक भोकको अनुभवबिना खानाप्रतिको रुचि र स्वाद नहुने भएकाले बजारका तयारी खाना दिनु हुँदैन ।
.जुन बेलामा जसलाई जे मन लाग्यो त्यही खाने आदतलाई निरुत्साहित गरी खाने एक निश्चित समयतालिका बनाएर त्यसलाई सबैले अवलम्बन गर्नुपर्छ ।
.खानाको स्वाद खानेकुरामा भन्दा बढी खाने तरिका र खाने समयको चहलपहल एवं खाने मनस्थितिमा निर्भर गर्छ । तसर्थ बालबालिकालाई पहिले नै खुवाएर काम सिध्याउने मनोवृत्तिलाई त्यागेर पारिवारिक जमघटसँगै बसेर एकसाथ खुवाउने गर्नुपर्छ । यसले खानाको महत्व र आवश्यकताका बारेमा महसुस गराउँछ ।
. सधैंभरि एकैनासको एउटै खाना खाने गर्नाले खाने इच्छालाई मार्न सक्छ । तसर्थ समयसमयमा एउटै खानेकुरालाई पनि विविध तरिकाबाट परिकार बनाएर खाने गर्नुपर्छ । यसले खानाको आकर्षण र स्वाद बढाउँछ ।
.बालविकासको क्रमसँगै उचित तरिकाले परिकार तयार पारेर खुवाउने गर्नुपर्छ । बढ्दै गरेका बालबालिकालाई सधैंजसो जाउलो, खिचडीमात्र खुवाउने गर्दा खानाप्रतिको रुचि हराएर जान्छ ।
. बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।
. बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।
. बालबालिकाको उमेर र मानसिक स्वास्थ्यअनुरूपको खाना खुवाउनका लागि कुन खानेकुरामा कस्तो पौष्टिक तत्व पाइन्छ र त्यसले शरीरमा के कस्तो असर गर्छ भन्ने कुरालाई बुझ्ने गरी उदाहरण दिएर सम्झाउने गर्नुपर्छ । कुपोषणबाट हुने रोगहरूका बारेमा बुझाउने गरेमा अस्वस्थकर खानाप्रतिको रुचि विस्तारै हट्दै जान्छ ।
. सम्भव भएमा खाना पकाउने काममा बालबालिकालाई पनि संलग्न गरेमा खानाप्रति रुचि बढाउन सकिन्छ ।
. खाना खाने समयमा बालबालिकालाई खानाकै लागि मानसिक रूपमा तयार गराउनुपर्छ । खाना खाँदै टीभी हेर्ने, गृहकार्य गर्ने, खेल्दै खेल्दै खाने अथवा हिँड्दै डुल्दै कथा सुन्दै खानेजस्ता आदतलाई निरुत्साहित गर्नुपर्छ ।
. बालबालिकालाई एकैपटक धेरै खानेकुरा दिनु हुँदैन । साथै एकै ठाउँमा सबै खानेकुरा मिसाएर दिनु पनि हुँदैन । यसो गर्दा खाने रहरलाई मार्दछ । साथै खानाको विशेष स्वाद थाहा हुँदैन । खाना भोक मार्नका लागि मात्र नभएर स्वादका लागि पनि खाने गर्नुपर्छ ।
.बालबालिकालाई खाना दिँदा रोमाञ्चित बनाउने गर्नुपर्छ । यसका लागि फूल भएको जनावरको चित्र कोरिएको रंगीन प्लेटमा हालेर दिँदा रमाएर खाने गर्छन् ।
. अरू व्यक्तिले खुवाइदिनुभन्दा बालबालिकालाई आफैंले खानसक्ने भएपछि आफैं खाने अवसर दिनुपर्छ । पोखाएर खाए पनि आफैंले खाएकोमा प्रशंसा गरिदिनुपर्छ । यसले गर्दा गौरवको अनुभूति हुन्छ र खाना खाँदा झगडा गर्ने बानी हटेर जान्छ ।
. खाना खान नमान्ने समस्याबारे अरू व्यक्तिका अगाडि कुरा गर्न हुँदैन अथवा ‘मेरो बच्चाले खानै मान्दैन’ भन्नुभन्दा कस्तो स्वाद लिएर खाने गर्छ भन्नुपर्छ ।
. नखाँदाको समयभन्दा खाँदाखेरिको समयलाई ध्यान दिनुपर्छ । जस्तै खाना राम्ररी खाँदाखेरि स्याबास, तिमीले आजको खाना कति मीठोसँग खायौ आदि भनेर प्रशंसा गरिदिनुपर्छ ।
. खाना खाँदा बालबालिकालाई खाना सँगसँगै धेरै पानी पिउन दिनु हुँदैन । खाना खाइसकेपछि मात्र पानी पिउन दिनुपर्छ ।
. परिवारका सबै सदस्यसँग बसेर खाँदा ठूला सदस्यहरू मात्र आपसमा वार्तालाप गर्ने तर बालबालिकालाई बेवास्ता गर्ने गर्दा बालबालिकालाई खानाप्रति नकारात्मक भावना जगाउँछ । उनीहरूसँग पनि कुरा गर्ने, उनीहरूको विचार सुन्ने र राम्रोसँग खाएकोमा खुसी व्यक्त गर्ने गर्नुपर्छ ।
. खाना खान पटक्कै नमान्ने र बाहिर बजारको खाना खान माग गर्ने जिद्दीवाल बालबालिकालाई कुनै पनि खाना नदिने चेतावनी दिनुपर्छ । चेतावनीले असर नगरेमा ‘जबसम्म भोक लाग्यो भन्दैनौं तबसम्म खाना पाउँदैनौं’ भनेर खाना बन्द गरिदिनुपर्छ । भोक मानिसको मस्तिष्कसँग सम्बन्धित आवश्यकता भएको हुनाले भोकको अनुभूति भएपछि कुनै पनि प्रकारको खाना चुपचासँग खाने गर्छन् ।

(मनोविद् पाठकको ‘केटाकेटीको समस्यालाई कसरी बुझ्ने’ पुस्तकबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]