२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

तराई-मधेशका पर्यटन स्थलहरु राज्यद्वारा उपेक्षित : संयाेजक सरार्फ

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु, ७ माघ। मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन ।

तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयाेजक अाेम प्रकाश सर्राफकाे भनाई थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथिमा मुस्लिम समुदायबाट प्रदेश ५ का स्थानीय तह मध्ये नगरउपप्रमुखमा निर्वाचित सबनम खातुनले कृष्णनगर नगरपालिकाले यस क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा लगानी गर्दै अाएकाे र अगामी दिनमा पनि सहयाेग र सहकार्य गरि राख्ने प्रतिवद्धता दिनुभएकाे थियाे ।

कार्यक्रममा लायन्स क्लबका ड्रिस्ट्रिक गर्भनर दिनेशचन्द्र गुप्ताले गुनासाे पाेख्दे कपिलवस्तु लगायत मधेशका विभिन्न जिल्लाका पर्यटकिय स्थलहरुमा नेपाल सरकारकाे ध्यान जान नसकेका कारण समाजिक, अार्थिक तथा भाैतिकरुपमा पछाडि परिएका छाैं भनी अभियानकर्ता तथा भिजिट मधेशका ग्लाेबल संयाेजक प्रमाेदराज सर्राफलाई ध्यानाकर्षण गराएका थिए ।

त्यसतै नेपाल सरकारले अष्ट्रेलिया,अमेरिका लगायतका देशबाट लाख पचास हजार पर्यटक ल्याउन क्यामपेन गर्नुभन्दा विश्वकाे दाेस्राे ठुलाे जनसंख्या रहेकाे भारतका पर्यटकलाई अकर्षित गर्ने व्यवस्थान गरे भिजिट नेपाल २०२० सजिलै सफल हुने समाजबादी पार्टीका प्रदेश ५ प्रवक्ता अकरम रहमान पठानले बताए ।

चर्चित टिभि कार्यक्रम लाेकस्टार सिंग्ङि अाईडलकाे पांचाै स्थानमा पुगेका गीतकार तथा भिजिट मधेशका कल्चरल एम्बेसडर रविराज साहले अभियन्ता अानन्द गुप्ता रचित गीत “चलाे मधेश, घुमाे मधेश” सुनाई कार्यक्रमलाई मनाेरन्जित पारेका थिए भने उर्दुकाे सायरीसंगै मन्तव्य राख्दै मदरसा बाेर्डका प्रदेश ५ उपाध्यक्ष माैलना महसुद नेपालीले भिजिट मधेश अभियानमा मुस्लिम समुदायकाे कला ,संस्कृति तथा धराेहरलाई समेत समेटना जाेडदार माग गरेकाे थिए ।

कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य रामबरण यादव,उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, शिक्षक अनिल श्रीवास्तव,वडाध्यक्ष संजय गुप्ता,भारतीय संचारकर्मी अजय गुप्ता , बिकास सिंह, पवन यादव लगायत स्थानिय संचारकर्मी,सुरक्षा निकायका प्रतिनिधि एवं जनप्रतिनिधिहरुकाे उपस्थिति थियाे ।संचारकर्मी सनिउल्लाह धाेबीकाे संचालन रहेकाे कार्यक्रमकाे अध्यक्षता जिल्ला सयाेजक अंकुश श्रीवास्तवले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]