०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

२० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग मन्त्री साहको आग्रह

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८ माघ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन्।

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपुर्‍याउन आग्रह गरेका हुन्। उनले सानै उमेरमा छोरीको विवाह गरी ठूलो पाप गरिरहेको कुरा सबैले बुझ्नुपर्ने बताए।

मन्त्री साहले अहिले प्रायः १५/१६ वर्षमै छोरीको विहे गर्ने चलन कायमै रहेकोप्रति दुःख व्यक्त गरे। उनले भने, ‘१५/१६ वर्षमा विहे गर्छन्। २० वर्षमा ३/४ छोरा-छोरी जन्माउँछन्। अनि २५ वर्षमा मृत्यु हुन्छ।’ उनले २० वर्ष कसरी पर्खिँदा भाग्ने डर हुने गरेको गुनासो धेरैले आफूसँग गर्ने गरेको बताए। मन्त्री साहले भने, ‘समाज सभ्य छ भने कसरी छोरी भाग्न सक्छन् ? यदि सानै उमेरमा भागेर विहे गर्दा आफ्नै हत्या गरिरहेको कुरा पनि छोरीले बुझ्नुपर्छ।’ उनले समाज सभ्य बनाउन पनि छोरीलाई पढाउनुपर्ने र प्रदेश सरकार त्यही सोचेर ‘बेटी बचाऊ, बेटी बढाऊ’ अभियान चलाएको पनि बताए।

विद्यालयमा नर्सको दरबन्दी

मन्त्री साहले यस विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको व्यवस्था गर्न २५ लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनका अनुसार अगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षा पठन-पाठन सुरु हुन्छ। यस्तै विद्यालयमा अगामी फागुनदेखि एक जना नर्सको दरबन्दी कायम गरिने पनि मन्त्री साहले बताए। विद्यालयमा छात्रामा भइरहेका विभिन्न स्वास्थ्यका समस्या समाधानका लागि नर्सको दरबन्दी कायम गर्न लागेको उनको भनाई छ।

व्याग र स्यानेटरी प्याड वितरण

उक्त विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई व्याग र कक्षा ८ देखिमाथि कक्षामा अध्ययनरत छात्रालाई स्यानेटरी प्याड वितरण गरिएको छ। मन्त्री साह, जनकपुरधामका प्रमुख लालकिशोर साह, प्रदेश सांसद प्रमेश्वर साहले छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]