३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

सिरहामा : ५ हजार घुससहित प्रहरी जवान पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

राजेन्द्र महतो
लहान,८ माघ।सिरहा जिल्लाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत रहेको प्रहरी जवान राजकुमार यादब ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। पक्राउ परेका जवान भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम असुलदै गरेको अवस्थामा यादबलाई पक्राउ गरेको बताए।

पक्राउ परेका यादबलाई अहिले स्थलगत मुचुल्का उठाउने कार्य भई रहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादव लाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत आएको देखिएको छ । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि […]

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन । “छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”, उहाँले भन्नुभयो, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।” उहाँका चार […]