२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

साउदिमा मृत्युढण्डको सजाय पाएका उमेश स्वदेश फर्किए

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८ माघ।हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन्। साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज (बुधबार) विहान नेपाल आइपुगेका हुन्।

मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। यी अभियन्ताहरुले उमेशलाई सकुशल नेपाल फर्काउन विगत तीन बर्षदेखि लगातार अभियान चलाएका थिए।

सन् २००६ मा पाकिस्तानी नागरिक मो. लतिफ बसिरको हत्या गरेको आरोप उमेशमाथि लागेको थियो। उमेशले आपसी विवादपछि भएको झडपमा बसिरको मृत्यु भएको स्वीकारेका थिए।

तर अदालतले भने आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा बसिरलाई उमेशले रड हानेर हत्या गरेको जिकिर गरे। सन् २०१७ मार्च १५ मा उमेशलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनायो।

जनरल कोर्टको उक्त फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावेदन अदालतमा रिट दायर गरे। पुनरावेदन अदालतले भने १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यू दण्डको फैसला नै सुनाइदियो।

साउदी अरेबियामा ‘हरापा’ सबभन्दा कडा कानूनमध्येको एक हो। उमेशले जघन्य अपराध गरेको भन्दै हरापा कानून बमोजिम सजाय सुनाइएको थियो। हरापाबाट सजाय सुनाइएपछि ब्लडमनीले पनि बच्‍न मुस्किल हुन्छ।

अभियन्ता रायका अनुसार उमेश माफी पाएर नेपाल फर्किनुमा मृत्यु भएका पाकिस्तानी नागरिक बसिरको परिवार पनि सहयोग रहेको छ। बसिरका परिवारले पाकिस्तानी रकम ३० लाख ‘ब्लडमनी’ लिएर उमेशलाई माफी दिएका थिए। उक्त ३० लाख रुपैयाँ अभियन्ता रायले ‘उमेश बचाउ अभियान’को नाममा देशविदेशबाट संकलन गरेका थिए। अभियन्ता रायले दुई पटक पाकिस्तान पुगेर मृतक बसिरका परिवारसँग उमेशलाई दिइएको सजाय माफीका लागि आग्रह गरेका थिए।

‘नेपाल फर्केपछि उमेशले नेपाल फर्किन्छु भनेर सोचेको पनि थिएन’ अभियन्ता रायले भने, ‘कडा मेहनतपछि उहाँ फर्किनुभएको छ। अभियान सफल भएकोमा खुःशी छौं।’ मानिसले चाह्यो भने असम्भव केहि छैन भन्ने सन्देश यो अभियानले दिएको उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]