१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

यातायातमा ४५ प्रतिशत भाडा छुट गर्न विद्यार्थी जनमत संघको माग

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

मनोज मोरबैता
जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप सरकारले उपलब्ध गराउने भनिएको ४५ प्रतिशत छुट अझैसम्म धनुषाका यातायात व्यवसायीहरुले नदिने गरेको उल्लेख छ ।

विद्यार्थीलाई सहुलियत उपलब्ध गराउनुपर्नेतर्फ ध्यान पुर्याउन ध्यानाकर्षण पत्रमा माग गरिएको छ । साथै विद्यार्थीहरुमाथि यातायातमा भईरहेको अपमान, गाली बेइज्जतिलाई नियन्त्रण गर्न समेत ध्यानाकर्षण गराइएको छ भने यातायातमा बज्ने गरेको अश्लिल गीतसंगीत नियन्त्रण गर्न पनि माग गरिएको छ।

ध्यानाकर्षण पत्र वुझाएपछि न्युजमधेशसँग कुरा गर्दै संघका संयोजक पण्डितले भने–‘पहिलो चरणमा हामीले ध्यानाकर्षण गराएको हो, यस विषयमा सिडियो साब पनि सकारात्मक नै हुनुहुन्छ, यातायात व्यवसायीहरुलाई राखेर समस्या समाधान गराउने आश्वासन पनि सिडियो साबसँग पायो ।’ यद्यपी, कार्यान्वयन नभएको खण्डमा सडक सघर्ष थाल्ने हाम्रो तयारी रहेको बताए ।

ज्ञापनपत्र बुझाउन विद्यार्थी जनमत संघ धनुषाका उपाध्यक्ष ज्ञानेन्द्र कुमार दास र विद्यार्थी नेता शिव यादव समेत गएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]