३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

यातायातमा ४५ प्रतिशत भाडा छुट गर्न विद्यार्थी जनमत संघको माग

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

मनोज मोरबैता
जनकपुरधाम , ८ माघ।नेपाल सरकारले विद्यार्थीकालागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै विद्यार्थी जनमत संघ धनुषाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र वुझाएका हुन् । ध्यानार्षण पत्रमा विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप सरकारले उपलब्ध गराउने भनिएको ४५ प्रतिशत छुट अझैसम्म धनुषाका यातायात व्यवसायीहरुले नदिने गरेको उल्लेख छ ।

विद्यार्थीलाई सहुलियत उपलब्ध गराउनुपर्नेतर्फ ध्यान पुर्याउन ध्यानाकर्षण पत्रमा माग गरिएको छ । साथै विद्यार्थीहरुमाथि यातायातमा भईरहेको अपमान, गाली बेइज्जतिलाई नियन्त्रण गर्न समेत ध्यानाकर्षण गराइएको छ भने यातायातमा बज्ने गरेको अश्लिल गीतसंगीत नियन्त्रण गर्न पनि माग गरिएको छ।

ध्यानाकर्षण पत्र वुझाएपछि न्युजमधेशसँग कुरा गर्दै संघका संयोजक पण्डितले भने–‘पहिलो चरणमा हामीले ध्यानाकर्षण गराएको हो, यस विषयमा सिडियो साब पनि सकारात्मक नै हुनुहुन्छ, यातायात व्यवसायीहरुलाई राखेर समस्या समाधान गराउने आश्वासन पनि सिडियो साबसँग पायो ।’ यद्यपी, कार्यान्वयन नभएको खण्डमा सडक सघर्ष थाल्ने हाम्रो तयारी रहेको बताए ।

ज्ञापनपत्र बुझाउन विद्यार्थी जनमत संघ धनुषाका उपाध्यक्ष ज्ञानेन्द्र कुमार दास र विद्यार्थी नेता शिव यादव समेत गएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]