०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित हुन्छ : पुर्व राष्ट्रपति यादव

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

न्यूजमधेश सम्बादाता
वीरगंज,१० माघ।सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधीमा विकास गरेका मुलुकले फड्को मारेका चर्चा गर्दै अगामि दिनमा शिक्षा, स्वास्थय, कृषि, उद्योग,पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्नु पर्ने सरकारले माहोल सृजना गर्नु पर्ने धारणा राखेका थियो ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिहीबार वीरगंजमा पाँच दिने प्रदेश स्तरीय क्यान ईन्फोटेक मेलाको उद्घाटन गरेका छन् ।रोबोटको सहारालो उनले रिबन काटेर मेलाको उद्घाटन गरेका हुन्।

विद्यालय स्तरबाट सूचना प्रविधीवारे छात्रछात्रालाई ज्ञान दिदै भोलीको भविष्यको रुपरेखा पनि तयार गर्नु पर्ने उनले सुझाव दिए । वीरगंजको नगर सभा गृहमा आयोजना भएको कार्यक्रममा क्यान नेपालका केन्द्रीय अध्यक्ष नवराज कुँवरले नेपाल सरकारको नारा सुखी नेपाली समृद्ध नेपाल अभियान बिना सूचना प्रविधिको प्रयोग बिना सफल हुन नसक्ने विचार राखे ।

उनले कम समयमा उचित प्रविधिको उपयोग गरी नेपाललाई समृद्धि र विकासको बाटोमा डोरयायउनु पर्ने सुझाव दिए ।कार्यक्रममा बोल्दै वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले जसरी गुगल, फेसबुक, ह्वाट्सएप र युट्युबले विश्वमा सूचना प्रविधिको क्षेत्रमा क्रान्ति गरेका छन्,त्यसरीनै नेपाली विद्यार्थीहरुले नयाँ सफ्टवेयर अविस्कार गरी विश्वलाई नयाँ कुरा दिइनु पर्ने धारणा राखे।

आजको युग सूचना प्राविधिको युग भएकोले नेपाललाई पनि सूचना प्राविधि मैत्री समाज निर्माणमा यहाँका बैज्ञानिक तथा प्राविधिकहरुको सहयोगको आवश्यकता रहेको बताए । मेलामा ६० भन्दा बढि स्टल रहने र १५ भन्दा बढि कम्पनिको सहभागिता रहने जनाइएको छ ।मेलामा रोबोटिक प्रतियोगिता हुने र विभिन्न तालिम सेमिनारको माध्यमले सूचना प्राविधिको क्षेत्रको बारेमा जनचेतना जगाउने बताइएको छ।

क्यान नेपाल पर्सा जिल्ला अध्यक्ष दिपक साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा पर्साका पूर्ब जिल्ला विकास समिति सभापति जनार्धन सिंह क्षेत्री लगायतका वक्ताले सूचना प्राविधिले जति फाइदा गरेको त्यतिकै विकृति पनि फैलाएको भन्दै सही रुपमा उपयोग गर्न पनि आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]