०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ : नेता महतो

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ माघ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जनकपुरधाम जेसीजको ४७ औं पद हस्तान्तरण एवं पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् ।

देशमा काँग्रेस र क्मयूनिष्टको पार्टीले वर्षौदेखि सरकारको नेतृत्व गरे पनि जनताको अकांक्षा अनुरुप काम गर्न नसकेको भन्दै देशमा वैकल्पिक पार्टीको आवश्यकता रहेको उनले बताए । ‘देशका जनता निरास भएर विकल्पको खोजीमा छन् । विकल्पको खोजीमा देशका अधिकांश जनता छन्,’उनले भने, ‘किनभने मधेशीलाई मात्रै होईन अदिवासी, जनजाती, मुस्लिम र थारु लगायतको माग सम्बोधन भएको छैन् ।’

देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको र आँफूहरु त्यसको निर्माणमा लागेको उनको भनाई छ । काँग्रेस र क्मयूनिष्टको बराबरीमा अझ त्यो भन्दा बढी मजबुत वैकल्पिक शक्ति निर्माणको आवश्यकता उनले औल्याए । सरकारको विरोधी नरहेको भन्दै मधेशी जनताको माग सम्बोधन भए सरकारमा जाँन तयार रहेको उनले बताए ।

रेशम चौधरी र जनकपुरधामको राष्ट्रपति प्रकरण बारे बोल्दै अधिकारको आन्दोलन गर्नेलाई सरकारले जेलमा हाल्ने गरेको उनले बताए । मधेशीमाथि सरकारले पटक–पटक अत्याचार गरेको भन्दै मधेशी, थारुले आन्दोलन गर्दा जेल जाँने र प्रचण्डले १७ हजार मान्छेका हत्या गरेर प्रधानमन्त्री बनको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]