१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

कोशीकी बगरमा चखेवाको जोडी

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

न्यूजमधेश सम्बादाता
सप्तरी ,११ माघ।चराका बथान देखिन कम भएपछि डुङ्गामा सयर गर्दै चरा अवलोकन गर्न आउने विदेशी पर्यटक पनि घट्दै गएका छन्।

कोशी टप्पुमा काटेको खर डुङ्गामा हाल्दै स्थानीय ।‘चराको स्वर्ग’ र ‘अर्नाको राजधानी’ भनिने कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको वन कोशी बाढीले कटान गरेर सकिने अवस्थामा पुगेको छ । आरक्ष क्षेत्रमा नेपाली सेना र आरक्ष प्रशासनको सुरक्षा भए पनि गाई, भैंसी चराउने गोठाला र माछा मार्नेहरूको आवतजावत बाक्लो छ । घट्दो वन क्षेत्र र बढ्दो मानव चहलपहलले यहाँ पाइने जलचराको संख्या वर्षेनि घट्दै गएको छ ।

साइबेरियादेखि बसाइँ सरेर आएका चरा अवलोकन गर्न विदेशी\स्वदेशी पर्यटक सुनसरी, उदयपुर र सप्तरीको सिमानामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा आउने गर्छन् । “चरा अध्ययन र अवलोकनकै लागि लाखौं खर्च गरेर विदेशी आउँछन् तर चरा संरक्षणमा कुनै पहल नै हुन सकेन” कोशी चरा अध्ययन केन्द्रका कर्मचारी विमल तिम्सिना भन्छन् ।

आरक्ष प्रशासनले रैथाने माझीलाई कोशीमा माछा मार्न इजाजत दिने गरेकाले नदीमा डुङ्गा लिएर हिंड्नेको संख्या बाक्लो छ । १७५ वर्गकिलोमिटर आरक्ष क्षेत्रमध्ये जलचराको वासस्थान रहेको ६० वर्गकिलोमिटर क्षेत्रमा पनि पाल्तु चौपायाको बास हुन्छ । करीब १० हजारको संख्यामा गाईगोरु र हजारको संख्यामा भैंसी आरक्षको वनमा रहेको बराहक्षेत्र नगरपालिका प्रकाशपुरका चरा अवलोकनकर्ता सुभाष भुजेल बताउँछन् ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा उड्दै गरेका खोया हाँस ।‘स्वाम्प फ्र्याङ्कोलिन’ नामको सीम तित्रा जस्ता विश्वमै दुर्लभ मानिएका चरा यस क्षेत्रमा पाइन्छन् । बसाइँ सरेर आउने जलेवा र रैथाने सानो जलेवाको वासस्थान कोशीको खुला बगर हो । कोशीका माछा खाने र बगरमा बस्ने यी चरा हेर्न विश्वका विभिन्न देशबाट वर्षेनि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

कोशी टप्पुमा जलपक्षी मात्रै पनि १३५ प्रजातिका पाइन्थे तर यस वर्ष गणना गर्दा ४० प्रजातिका मात्रै देखिए । त्यसैगरी गत वर्षको तुलनामा यो वर्ष जलपक्षीको संख्या ६५ प्रतिशतले घटेको छ । चराका प्रजाति पनि गत वर्षभन्दा २० प्रतिशत कम पाइएका छन् ।

नेपालमा पाइने ८८८ मध्ये ५२८ प्रजातिका चरा कोशी टप्पुमा पाइन्छन् । चरा गणना गर्दै आएको संस्था हिमाली प्रकृतिका अनुसार २०७५ मा ५० प्रजातिका ६ हजार ९६९ वटा जलपक्षी गणना गरिएको थियो । २०७६ मा भने ४० प्रजातिका २ हजार ४४४ वटा मात्रै पाइएका छन् । “हरेक वर्षको गणनामा प्रजाति र संख्या घट्दै गएको छ” हिमाली प्रकृतिका चराविद् सञ्जीव आचार्य भन्छन्, “कोशी टप्पुका लागि यो दुःखद कुरा हो ।”

उनका अनुसार २०७४ सालमा चरा गणना गर्दा आरक्षमा ५५ प्रजातिका ५ हजार ९६४ को संख्यामा चरा पाइएको थियो । २०७३ मा भन्दा २०७४ मा २ हजार ६१५ चरा कम पाइएको थियो । २०७३ मा ५७ प्रजातिका ८ हजार ५६१ चराको अभिलेख राखिएको थियो । २०७२ मा ५६ प्रजातिका ३ हजार ७७० चरा फेला परेका थिए भने २०७१ मा गरिएको गणना अनुसार ५५ प्रजातिका ५ हजार ९१२ प्रजातिका चरा फेला परेका थिए । कोशी टप्पुमा सन् १९८७ बाट चरा गणना गरिंदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]