१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

जनमत संग्रहको मुद्दा त्यागेका छैन :डा.सीके राउत

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ माघ। ११ बुँदै सम्झौता गरी डा. सीके राउतले जनमत संग्रहको मुद्दा त्यागेको सरकारले दावी गरेको थियो । तर डा. राउतले जनकपुरमा आमसभा गरी जनमत संग्रहको मुद्दा नत्यागेको स्पष्ट पारेका छन् ।


सरकारसँग गरेको सम्झौता ऐतिहासिक तथा हिरा जस्तो भएको दावी गरे । उनले सरकारसँगको सम्झौताले विजयी हासिल भएको पनि बताए । उनले भने, ‘सम्झौतामा सरकारले जनमत संग्रहलाई स्वीकार गरेको छ । यसको कसैले गलत अर्थ नलगाओस् ।

डा. राउतले कुनै पार्टीसँग लेनदेन जस्तो सम्झौता नगरेको भन्दै नेपाल सरकारसँग दुई देशबीच हुने जस्तै सम्झौता गरेको दावी गरे । उनले मधेसको समस्या जनतालाई बुझाउन खोज्दा पटक पटक दमन र मुद्दा लगाएर यातना दिने काम भएको कारण मात्र सम्झौता गरेको पनि बताए ।
मधेसका जिल्लाहरु हुम्ला जुम्ला भन्दा पनि पछाडी परेको भन्दै आजसम्म सबै दलले मधेसीलाई ठग्ने काम मात्र गरेको आरोप लगाए ।

उनले मधेसी नेताहरुलाई दलालको संज्ञा दिँदै भने, ‘जसले चुनावका बेला ओलीलाई भोट भन्यो । तर पछि उही दलले ओलीको चरणमा गएर सबै भोट सुम्पिए ।’ उनले जनतालाई ठगेर सत्तामा पुग्न लेनदेन सम्झौता गर्ने गरेकोमा आपत्ति समेत जनाए ।

डा. राउतले आफ्नो कोटबाट औषधी देखाउँदै काँग्रेस, एमाले र दलाल पार्टीका नेताहरुको म्याद गुज्रेको दावी गरे । उनले भने, ‘म्याद गुज्रेको औषधी खाएपछि रियाक्स गर्छ । रोग निको हुनुको सट्टा विरामी नै मर्छ । त्यस्तै काँग्रेस, कम्यूनिष्ट र दलाल पार्टीहरुको म्याद गुज्रेको छ ।’ म्याद गुज्रेका नेताहरुको विश्वासमा पर्दा सधैं धोका मात्र दिने उनको भनाई छ ।

उनले जनमत पार्टी जनताको पार्टी भएको बताए । उनले जनमत पार्टीले जनता राज ल्याउनुका साथै भ्रष्टाचारको अन्त्य गर्ने पनि औल्याए । मधेसी दलका नेतालाई लक्षित गर्दै उनले भने, ‘म अमेरिकामै हुँदा एउटा दलालले मधेसको माग पुरा भएपछि कसरी मन्त्री बन्न पाउँछु भनेका थिए । त्यही भएर राजनीतिमा आएको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]