०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जनमत संग्रहको मुद्दा त्यागेका छैन :डा.सीके राउत

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ माघ। ११ बुँदै सम्झौता गरी डा. सीके राउतले जनमत संग्रहको मुद्दा त्यागेको सरकारले दावी गरेको थियो । तर डा. राउतले जनकपुरमा आमसभा गरी जनमत संग्रहको मुद्दा नत्यागेको स्पष्ट पारेका छन् ।


सरकारसँग गरेको सम्झौता ऐतिहासिक तथा हिरा जस्तो भएको दावी गरे । उनले सरकारसँगको सम्झौताले विजयी हासिल भएको पनि बताए । उनले भने, ‘सम्झौतामा सरकारले जनमत संग्रहलाई स्वीकार गरेको छ । यसको कसैले गलत अर्थ नलगाओस् ।

डा. राउतले कुनै पार्टीसँग लेनदेन जस्तो सम्झौता नगरेको भन्दै नेपाल सरकारसँग दुई देशबीच हुने जस्तै सम्झौता गरेको दावी गरे । उनले मधेसको समस्या जनतालाई बुझाउन खोज्दा पटक पटक दमन र मुद्दा लगाएर यातना दिने काम भएको कारण मात्र सम्झौता गरेको पनि बताए ।
मधेसका जिल्लाहरु हुम्ला जुम्ला भन्दा पनि पछाडी परेको भन्दै आजसम्म सबै दलले मधेसीलाई ठग्ने काम मात्र गरेको आरोप लगाए ।

उनले मधेसी नेताहरुलाई दलालको संज्ञा दिँदै भने, ‘जसले चुनावका बेला ओलीलाई भोट भन्यो । तर पछि उही दलले ओलीको चरणमा गएर सबै भोट सुम्पिए ।’ उनले जनतालाई ठगेर सत्तामा पुग्न लेनदेन सम्झौता गर्ने गरेकोमा आपत्ति समेत जनाए ।

डा. राउतले आफ्नो कोटबाट औषधी देखाउँदै काँग्रेस, एमाले र दलाल पार्टीका नेताहरुको म्याद गुज्रेको दावी गरे । उनले भने, ‘म्याद गुज्रेको औषधी खाएपछि रियाक्स गर्छ । रोग निको हुनुको सट्टा विरामी नै मर्छ । त्यस्तै काँग्रेस, कम्यूनिष्ट र दलाल पार्टीहरुको म्याद गुज्रेको छ ।’ म्याद गुज्रेका नेताहरुको विश्वासमा पर्दा सधैं धोका मात्र दिने उनको भनाई छ ।

उनले जनमत पार्टी जनताको पार्टी भएको बताए । उनले जनमत पार्टीले जनता राज ल्याउनुका साथै भ्रष्टाचारको अन्त्य गर्ने पनि औल्याए । मधेसी दलका नेतालाई लक्षित गर्दै उनले भने, ‘म अमेरिकामै हुँदा एउटा दलालले मधेसको माग पुरा भएपछि कसरी मन्त्री बन्न पाउँछु भनेका थिए । त्यही भएर राजनीतिमा आएको छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]