१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

अबधी पत्रकार संघ नेपाल कपिलवस्तुको अध्यक्षमा यादव निर्वाचित

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

धीरज काेरी
कपिलवस्तु,१२माघ।कपिलवस्तु जिल्लाकाे कृष्णनगर मा अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे दोस्रो अधिवेशन बाट निरहु यादव निर्वाचित भएका छन् ।

निरहु यादव काे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ। अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी(धीरज), प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन । कार्यक्रम का प्रमुख अतिथि कृष्णनगर नगरपालिका का प्रमुख रजत प्रताप शाह अवधी भाषा मातृ भएका कारण ले भाषालाई संरक्षण गर्ने कर्तव्य रहेकाे बताए ।

साे कार्यक्रमका विशिष्ट अतिथि विजयनगर गाउपालिका प्रमुख गाेपाल थाप नेपाल र विश्व मा हरेक ठूलो परिवर्तन अाएकाे जुन यसमा पत्रकार काे महत्त्वपूर्ण भूमिका रहेको छ। समाज रहेक सत्य तथ्य कुराहरुमा कलम चलाउन अनुराेध पनि गर्नु भयो ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी पत्रकार भनेकाे राष्ट्र काे चाैथाे अङ्ग का रुपमा रहेकाे र अवधी भाषा संरक्षण , विकास अनि अगाडि बढाउने काम अवधी पत्रकार लाई अाफ्नाे आग्रह गर्नु भयो । अाफ्नाे तर्फबाट जे जति सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा बाेल्दै समाजवादी पार्टी प्रदेश ५ प्रवाक्त अकरम पठानले अवधी पत्रकार संगठन लाई मजबुत बनाएर अगाडि बढ्न पर्ने र जुन प्रकार बाट हाम्रो देशमा खानाकाे रुपमा अनि राजनीति मा चिनिया विशेषता लागू भएको छ। त्यसलाई कम गर्नु पर्छ। अवधी भाषा बाेल्नेेमा कपिलवस्तु ठुलो जिल्ला काे रुपमा चिनिन्छ ।

उक्त कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले गर्नु भएको थियो । अवधी पत्रकार महासंघ नेपालको केन्द्रिय निर्देशनमा जिल्ला शाखा गठन गरिएको हो । कार्यक्रमममा अवधी पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव जि.एम यादव लगायतको सहभागीतामा नया जिल्ला कार्य समिति सर्वसम्मत रुपले गठन गरिको थियो ।

सो कार्यक्रममा समाजवादी पाटी कपिलवस्तु उपाध्यक्ष राम निवास पुरी, कलाकार श्याम कुमार मिश्र, राष्ट्रिय मदरसा संघका अध्यक्ष मौलाना अब्दुल गनि अल्कुफी, उद्योग वाणिज्य सघंकय अध्यक्ष राम कुमार गुप्ता, पुर्व अध्यक्ष गुरुशरण सिहं, ईलाका प्रहरी कार्यालय प्रमुख प्रताप पौडेल, आफन्त नेपाल प्रमुख केशर विश्वकर्मा, पिआरसी कृष्णनगर प्रतिनिधि, कपिलवस्तुका संचार मध्यामका प्रमुख, पत्रकार लगायत विभिन्न सघंसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]