०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

अबधी पत्रकार संघ नेपाल कपिलवस्तुको अध्यक्षमा यादव निर्वाचित

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

धीरज काेरी
कपिलवस्तु,१२माघ।कपिलवस्तु जिल्लाकाे कृष्णनगर मा अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे दोस्रो अधिवेशन बाट निरहु यादव निर्वाचित भएका छन् ।

निरहु यादव काे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ। अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी(धीरज), प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन । कार्यक्रम का प्रमुख अतिथि कृष्णनगर नगरपालिका का प्रमुख रजत प्रताप शाह अवधी भाषा मातृ भएका कारण ले भाषालाई संरक्षण गर्ने कर्तव्य रहेकाे बताए ।

साे कार्यक्रमका विशिष्ट अतिथि विजयनगर गाउपालिका प्रमुख गाेपाल थाप नेपाल र विश्व मा हरेक ठूलो परिवर्तन अाएकाे जुन यसमा पत्रकार काे महत्त्वपूर्ण भूमिका रहेको छ। समाज रहेक सत्य तथ्य कुराहरुमा कलम चलाउन अनुराेध पनि गर्नु भयो ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी पत्रकार भनेकाे राष्ट्र काे चाैथाे अङ्ग का रुपमा रहेकाे र अवधी भाषा संरक्षण , विकास अनि अगाडि बढाउने काम अवधी पत्रकार लाई अाफ्नाे आग्रह गर्नु भयो । अाफ्नाे तर्फबाट जे जति सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा बाेल्दै समाजवादी पार्टी प्रदेश ५ प्रवाक्त अकरम पठानले अवधी पत्रकार संगठन लाई मजबुत बनाएर अगाडि बढ्न पर्ने र जुन प्रकार बाट हाम्रो देशमा खानाकाे रुपमा अनि राजनीति मा चिनिया विशेषता लागू भएको छ। त्यसलाई कम गर्नु पर्छ। अवधी भाषा बाेल्नेेमा कपिलवस्तु ठुलो जिल्ला काे रुपमा चिनिन्छ ।

उक्त कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले गर्नु भएको थियो । अवधी पत्रकार महासंघ नेपालको केन्द्रिय निर्देशनमा जिल्ला शाखा गठन गरिएको हो । कार्यक्रमममा अवधी पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव जि.एम यादव लगायतको सहभागीतामा नया जिल्ला कार्य समिति सर्वसम्मत रुपले गठन गरिको थियो ।

सो कार्यक्रममा समाजवादी पाटी कपिलवस्तु उपाध्यक्ष राम निवास पुरी, कलाकार श्याम कुमार मिश्र, राष्ट्रिय मदरसा संघका अध्यक्ष मौलाना अब्दुल गनि अल्कुफी, उद्योग वाणिज्य सघंकय अध्यक्ष राम कुमार गुप्ता, पुर्व अध्यक्ष गुरुशरण सिहं, ईलाका प्रहरी कार्यालय प्रमुख प्रताप पौडेल, आफन्त नेपाल प्रमुख केशर विश्वकर्मा, पिआरसी कृष्णनगर प्रतिनिधि, कपिलवस्तुका संचार मध्यामका प्रमुख, पत्रकार लगायत विभिन्न सघंसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]