१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

कपिलवस्तुमा जनमत पार्टीकाे अामसभा सम्पन्न

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

धीरज काेरी
कपिलवस्तु,१५माघ।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलहवामा जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न भएको छ।

श्री बुद्ध पद्मम माध्यमिक विद्यालय काे खेलमैदान मा जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष याेज्ञेन्द्र चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतकाे प्रमुख अथिती अध्यक्ष राउत माेम बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए।

कार्यक्रममा बाेल्दै अध्यक्ष राउत जनमत पार्टी भनेकाे जनताहरुकाे दुख र पिडालाई कम गर्नकाे लागि याे पार्टीको निर्माण वा उत्पादन भएको बताए।डा राउतले भने मधेसी जनताको हक अधिकारकाे बारेमा कुनै पार्टीले चासाे नराखेको बताउनुभयो । सुखी मधेस समृद्ध मधेस बनाउनकाे लागि र युवाहरुलाई विदेश जनाबाट राेक्न अनि मधेस मै राेजगार दिने यसकाे मुख्य उद्देश रहेको भन्नू भएको छ।मधेश संग पहिले देखिनै विभेद हुँदै आइरहेको उनले भने।

साे कार्यक्रममा महाराजगन्ज नगरपालिका ,कृष्णनगरपालिका , शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका ,मायादेवी गाउपालिका ,शुद्धाेधन गाउपालिका र विजयनगर गाउपालिका बाट व्यक्तिहरुकाे उपस्थिति रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]