०३ कार्तिक २०८२, सोमबार
20-10-2025 , Mon
×

विद्यार्थी जनमत संघ काठमाडौं उपत्यकाको अध्यक्षमा जैसवाल

Logo
प्रकाशित शनिबार, माघ १८, २०७६

सोलिन्द्र चौधरी
काठमाडौं ,१८माघ।विद्यार्थी जनमत संघ काठमाडौं उपत्यकामा दिपेश जैसवालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

शनिबार चन्द्रप्रकाश यादवको अध्यक्षतामा एक कार्यक्रम विच १५ सदस्यीय काठमाडौं उपत्यका स्तरको विद्यार्थी जनमत संघ गठन गरिएको छ।

उक्त समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार यादव ,सचीवमा अजय चौधरी ,सहसचिवमा सुनिल यादव रहेको समिति कोषाध्यक्षमा राहुल रजक चयन भएको छ।

त्यसैगरि रोशन अधिकारी ,चन्द्रकान्त यादव,जितेन्द्र चतुर्वेदी ,रजनिश यादव,सुजित साह,ओमप्रकाश यादव,अरविन्द ठाकुर चन्द्र प्रकाश यादव ,दिपक यादव र धर्मेन्द्र यादव लगाइएको विद्यार्थीहरु समितिको सदस्यमा चयन भएका हुन।

विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादव प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता राजेन्द्र यादव र विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य रिना मण्डलको समेत उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]