०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

अस्थायी करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्छ

Logo
प्रकाशित आइतबार, माघ १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१९ माघ।सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुसँग विभेद गरेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्धारा जनकपुरमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन चिमोरियाले सरकारले ल्याएको नयाँ कानुन र श्रमिक ऐन पनि श्रमिकको पक्षमा नरहेको बताएका छन् ।

उनले भने, ‘श्रमिक ऐनमा कुनै कारणबस उधोग तथा प्रतिष्ठान बन्द भयो अर्थात धारासायी भयो भने उचित क्षतिपुर्ती दिएर मजदुरलाई हटाउन सकिने प्रावधान राखिएको छ । तर त्यसको सही सदुपयोग भइरहेको छैन । अहिले श्रमिकहरुलाई त्यही ऐन प्रयोग गरेर धमाधम हटाइरहेका छन् ।’

श्रमिकहरुलाई हटाएपछि श्रम कार्यालयका अधिकारी बोल्दा सरकारले कारबाही स्वरुप मन्त्रालय तान्ने र अन्यत्र सरुवा गर्ने गरेकोमा आपत्ति जनाए । उनले डरले श्रम कार्यालयका अधिकारीहरु श्रमिक हटाउने व्यावसायी र प्रतिष्ठानका अधिकारीलाई कारबाही नगर्ने गरेको पनि गुनासो पोखे । उनले सरकारले श्रमिकहरुको पक्षमा उभिनुको साटो उल्टै ज्यातदी गरिरहेको आरोप लगाए ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन प्रदेश २ का अध्यक्ष नौतम पोखरेलले दुध दिएसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जंगलमा छाड्ने गरेजस्तै श्रमिकमाथि व्यवहार भइरहेको टिप्पणी गरेका छन् । उनले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुबीच नै प्रतिपस्र्धा गराएर स्थायी गर्न सरकारसँग माग गरे ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक नवराज केसीले सरकारबाट नै दुःख दिने काम भइरहेको आरोप लगाए । उनले करार, अस्थायी र ज्यालादारीमा कार्यरत सरकारी कर्मचारीलाई स्थायी गर्न सरकारसँग माग गरे । उनले भने, ‘स्थायी नगरेको खण्डमा हामी अब आन्दोलन गर्न बाध्य हुन्छौं ।’

भेलाको प्रमुख अतिथिको रुपमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई निमन्त्रणा गरेको थियो । तर मन्त्री सोनल भेलामा उपस्थित भएनन् । संघकी मन्जु तिमिल्सिनाले प्रदेश सरकार पनि अस्थायी, करार र ज्यालादारी कर्मचारीको पक्षमा नरहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]