२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

मेयर र पत्रकार विवाद : सहमती उलंघन गरेको भन्दै आन्दोलनको घोषणा

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२०माघ।नेपाल नगरपालिका कर्मचारी एशोसिएसन जनकपुरधाम उपमाहानगरपालिका एकाई समितिले प्रशासनले सहमती उलंघन गरि कार्यवाही प्रक्रिया अगाडी बढाएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

एशोसीएसनका अध्यक्ष कृष्ण कुमार झाले जारी गरेको विज्ञप्तीमा गत पुस २२ गते केहि पत्रकारहरु उपमहानगरको कार्यालयको मेयरको कार्यकक्षमा जवरजस्ती प्रवेस गरेर मेयर तथा कर्मचारीहरुलाई हुलहुज्जतका साथै कुटपिट गरि घाइते बनाएको सम्वन्धमा चरणवद्ध आन्दोलन गरिरहदा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय निर्णयले सम्झौता भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरिएको थियो।

तर हाल एकतर्फीरुपमा प्रहरी प्रशासनले कार्यवाही प्रक्रिया अगाडी बढाएको हुदा घोर विरोध गर्दै सम्झौता अनुसार दोषीमाथि कारवाही नगरिए सम्म मंगलवार देखि आन्दोलनको कार्यक्रम पुनः सुरु गरिने विज्ञप्ती माफर्त जनाएको छ ।

घोषीत आन्दोलनको कार्यक्रम अनुसार मंगलवार र बुधवार विहान १० बजे देखि दिउसो २ बजे सम्म कलम बन्द गर्ने,माघ २३ गते सम्म माग पुरा नगरिए कार्यालय समय अबधीभर कलम वन्द गर्ने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]