१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

मेयर र पत्रकार विवाद : सहमती उलंघन गरेको भन्दै आन्दोलनको घोषणा

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२०माघ।नेपाल नगरपालिका कर्मचारी एशोसिएसन जनकपुरधाम उपमाहानगरपालिका एकाई समितिले प्रशासनले सहमती उलंघन गरि कार्यवाही प्रक्रिया अगाडी बढाएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

एशोसीएसनका अध्यक्ष कृष्ण कुमार झाले जारी गरेको विज्ञप्तीमा गत पुस २२ गते केहि पत्रकारहरु उपमहानगरको कार्यालयको मेयरको कार्यकक्षमा जवरजस्ती प्रवेस गरेर मेयर तथा कर्मचारीहरुलाई हुलहुज्जतका साथै कुटपिट गरि घाइते बनाएको सम्वन्धमा चरणवद्ध आन्दोलन गरिरहदा जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय निर्णयले सम्झौता भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरिएको थियो।

तर हाल एकतर्फीरुपमा प्रहरी प्रशासनले कार्यवाही प्रक्रिया अगाडी बढाएको हुदा घोर विरोध गर्दै सम्झौता अनुसार दोषीमाथि कारवाही नगरिए सम्म मंगलवार देखि आन्दोलनको कार्यक्रम पुनः सुरु गरिने विज्ञप्ती माफर्त जनाएको छ ।

घोषीत आन्दोलनको कार्यक्रम अनुसार मंगलवार र बुधवार विहान १० बजे देखि दिउसो २ बजे सम्म कलम बन्द गर्ने,माघ २३ गते सम्म माग पुरा नगरिए कार्यालय समय अबधीभर कलम वन्द गर्ने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]