१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रदेश २ का छोरीलाई घर बाटै मजबुत बनाउनु पर्नेमा मुख्यमन्त्री राउतको जोड

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२०माघ।बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले आज औपचारिक शुभारम्भ गर्नु भएको हो ।
अभियानको शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्नु हुँदै उनिहरुलाई मजबुत बनाउन घर बाटै पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो ,‘ हाम्रो चिन्तनले नै छोरीलाई कमजोर बनाइ दिएको छ, तसर्थ उनिहरुलाई बलियो बनाउन हामी आफै बाट शुरुवात गर्नु पर्दछ । ’

छोरी जन्मे देखीनै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ हामीले भन्न सक्नु पर्दछ, छोरी कमजोर होइन, छोरी बलिया हुन, जे पनि गर्न सक्दछन ।’

यो अभियान अन्तर्गत जनचेतनामुलुक कार्यक्रमहरु, महिला हिंसा विरुद्धको ऐन कानून वारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजाय दिने जस्ता कार्यक्रम गरिने जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]