०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

प्रदेश २ का छोरीलाई घर बाटै मजबुत बनाउनु पर्नेमा मुख्यमन्त्री राउतको जोड

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२०माघ।बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले आज औपचारिक शुभारम्भ गर्नु भएको हो ।
अभियानको शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्नु हुँदै उनिहरुलाई मजबुत बनाउन घर बाटै पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो ,‘ हाम्रो चिन्तनले नै छोरीलाई कमजोर बनाइ दिएको छ, तसर्थ उनिहरुलाई बलियो बनाउन हामी आफै बाट शुरुवात गर्नु पर्दछ । ’

छोरी जन्मे देखीनै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ हामीले भन्न सक्नु पर्दछ, छोरी कमजोर होइन, छोरी बलिया हुन, जे पनि गर्न सक्दछन ।’

यो अभियान अन्तर्गत जनचेतनामुलुक कार्यक्रमहरु, महिला हिंसा विरुद्धको ऐन कानून वारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजाय दिने जस्ता कार्यक्रम गरिने जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]