२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२१ माघ।जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने अवधारण लिएर एक व्यक्ति सरोकार बलासंग गृहकार्य थालेका छ।जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले रंगभुमी मैदान बाह्रविघामा सिताकी विश्कै सबै भन्दा ठुला मुर्ति बनाउने अवधरण लिएर विभिन्न निकायसंग सुझाब संकलन गरिरहेकी छिन् ।

सोमबार जानकी मन्दिरमा उनले पत्रकार साम्मेलनको आयोजना गरी सितालाई योद्धाको रुपमा चिनाउन १ सय ५१ फिटको मुर्ति बनाउने बताएकी हुन्।सिता सात वर्षकै उमेरमा धनुष उठाउँएकी दृष्य देखाउने गरी प्रतिमा बनाउने उनले जनाइन्।

उनको अनुसार गोलो अकारको पृथ्वी माथि सिता धनुषा उठाएको जस्तो देखिने र पृथ्वीको अन्य भागमा साना–साना रामायणलाई दर्शाउने मुख्य दृष्यहर देखिने छन् । पर्यटकलाई लोभ्याउन मद्दत पुग्ने र वल्र्ड गिनिज बुकमा यो ठाउँको नाम लेखाउने यस्तो अवधारण ल्याएको कर्णको भनाई छ ।

यस्को लागत बारे अन्यौल नै रहेको उनले सरकारसंग आर्थिक सहयोगको लागि मागसमेत गरेकी छिन् । सरकारले सिताको सहनशिलतालाई योद्धाको रुपमा प्रचार गर्न सहयोग गर्नु पर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]