०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

भन्सारका सुब्बा घुससहित पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२१ माघ।तस्करीका लागि कुख्यात जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राजा अन्सारी घुससहित पक्राउ परेका छन् । सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चौकमा सेवाग्राहीसंग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ को कार्यालय बर्दिवासले पक्राउ गरेकोछ ।

जनकपुर भन्सार कार्यालयका प्रमुख सुकेश्वर झाका मुख्य सहयोगी भनेर चिनिने सुब्बा अन्सारीले तस्करहरुसित रकम असुलीगर्दै आएका थिए ।स्रोतहरुका अनुसार प्रमुख झाकै निर्देशनमा अन्सारीले १ लाख ५० हजार घुस रकम ल्याउन पिडारी चोक पुगेका थिए ।विशेष सुचनाको अधारमा त्यहाँ रहेका अख्तियारको बर्दिवास टोलीले उनलाई पक्राउ गरेका हुन् ।

भारतबाट भन्सार छलेर मालसमानहरु भित्र्याउन सहज वातावरण बनाइदिन कार्यालय प्रमुख झाको निर्देशनमा घुस मागेको र त्यो लिन नै त्यहाँ पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]