१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

अख्तियारको नियत ‘सफा’ देखिएन : डा.भट्टराई

Logo
प्रकाशित बिहिबार, माघ २३, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं,२३माघ।समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत ‘सफा’ नदेखिएको प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै डा. भट्टराईले अख्तियारको छानविन प्रक्रियाप्रति असन्तुष्टी जनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निष्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उनले गरे । जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाइएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्‍यो म फिर्ता गर्छु भनेर छाड्न मिल्छ ?’ भन्दै प्रश्न गरे ।

उनले भने, ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपूर्ण छ । कर्मचारीमध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन् । उनीहरु निष्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन् ।

हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानुभन्दा नि प्रक्रिया पुर्‍याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बद्मासी गरेको छ, त्यसले प्रक्रिया पूरा गरेर उम्कने । यस्तो नियम कानुनको पनि समस्या छ । ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ । केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नु हुन्छ ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]