०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

थुनुवा छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु,२४माघ।राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् ।

नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ करोड २५ लाख धरौटी माग गरेको थियो । उनी धरौटी नतिरी कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।

अधिवक्ता रानामगरले माइतीघरमा रहेको जन न्यायिक कानूनी सेवा नामको फर्मबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

वकिल रानामगरले दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिने भनेर दाहालको बुवा तिर्थ राज दाहालबाट घुस लिएका थिए। उनले तिर्थराजबाट करारनामाको कागज समेत गरी रु. ४२ लाख लिई ठगी गरेको उजुरीपेरको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]