०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

डेढ करोड लगानीमा पानी उद्योग सञ्चालन

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२७ माघ।जनकपुरधाममा करिव डेढ करोड लगानी गरी एक व्यवसायीले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याएको छ।जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल स्थित व्यवसायी सुमन्थ कर्णले अनुमानित डेढ करोड लगानी गरी पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

आइतबार प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले विभा बेभरेजस् कम्पनीद्धारा उत्पादित भोडा नामको पानी उद्योग उद्घाटन गरेका हुन् । व्यवसायी कर्णले नयाँ प्रविधि प्रयोग गरी शुद्ध पिउने पानी उत्पादन गर्न लागेको जनाए । उनको अनुसार पानी उद्योगका लागि रु ८० लाख मूल्य बराबरको मेसिन, रु ३० लाखको लागतमा घर निर्माण र अन्य खर्च गरी एक करोड ३० लाख लागत लागेको छ ।

जनकपुरधाम प्रदेश राजधानी भएपछि पानीको माग बढे अनुसार कर्णले भोडा नामको गुणस्तरीय शुद्ध पिउने पानी बजारमा ल्याएका ह्न् । ‘युवा वर्ग बिदेस पलायन हुने क्रम बढ्दो छ,’ उनले भने, ‘तर, स्वदेशमा पनि प्रशस्त सम्भावना छ । केही गर्ने हो भने प्रशस्त सम्भावना र लगानीका स्रोत छन् ।’

‘श्रम बेचेर हैन, श्रम गरेर समृद्ध हुन्छ’

उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पानी उद्योगको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मानिसले श्रम बेचेर समृद्ध हुन नसक्ने बताएका छन् । बढ्दो वैदेशिक रोजगारीप्रति कटाक्छ गदै मन्त्री मण्डलले श्रम बेचेर समृद्ध हैन, श्रम गरेर मात्र समृद्ध हुने बताए । ‘मानिस श्रम बेचेर कहिले पनि समृद्धि हुन सक्दैनन्,’ उनले भने,‘समृद्ध बन्नको लागि श्रम गर्नु पर्छ । त्यो स्वदेशमै सम्भव छ ।’

विगतमा विश्व युद्ध जमिण र तेलको लागि भएको भन्दै अवको लडाई पानीको लागि हुने उनले बताए । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानीको आवश्यकता औल्याउँदै बजारमा अझै शुद्ध पिउने पानी अभाव रहेको उनले बताए । उद्योग क्षेत्रमा युवाको सक्रियता उदाहरणीय रहेको भन्दै प्रदेश सरकार उद्योगीहरुलाई सहयोग गर्न तयार रहेको वाचा गरे । उद्योग स्थापना एवं पर्वद्धनमा प्रदेश सरकारले ल्याएको व्यवस्था बारे चर्चा गर्दै उद्यागीले प्रयोग भएको बोतल पुनः प्रयोगमा ल्याउने नीति ल्याउन उनले सुझाए ।

‘पानीको बोतलले सहर फोहर देखिन्छ । यसलाई नीति बनाएर नियन्त्रण गर्न सकिन्छ,’उनले भने, ‘नीतिले हरेका कुरा सम्भव छ । प्रयोग भएको पानीको बोतल पुनः प्रयोग गर्न नीति ल्याउनु पर्छ ।’ प्रदेश सरकारले उद्योग, पर्यटन र कृषिमा जोड दिएको उल्लेख गर्दै प्रदेशलाई उद्योगको हब बनाउने उनले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]