०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

उद्योगमा ६५ प्रतिशत स्थानीय कामदार हुनुपर्ने जनमतको माग

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

न्यूजमधेश सम्बादाता
भैरहवा,१ फाल्गुण। जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका भित्र रहेका लघुवित्तीय संघ–संस्था, कलकारखाना तथा उद्योगहरुमा कम्तीमा ६५ प्रतिशत स्थानीय कामदार राख्ने व्यवस्था लागु गर्नुपर्ने माग गरेको छ ।

गाउँपालिका भित्र रहेका उद्योगहरुमा ९५ प्रतिशत भारतीय तथा बाहिरी ठाउँ, गाउँ, शहरबाट आएर स्थानीय हकअधिकारबाट वञ्चित भएकोले स्थानीयलाई प्राथमिकता दिनुपर्ने पार्टीको माग छ ।

बुधबार जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै कलकारखाना तथा उद्योगबाट निस्केको प्रदुषणको व्यवस्थापन गरी उद्योगले आफ्नै डम्पिङ क्षेत्र भित्रको ठाउँ निर्माण गर्नुपर्ने र उद्योगले नेपाल सरकारले तोकेको बीमा र तलब रकमको भुक्तानी दिनुपर्ने माग गरेको छ ।

त्यस्तै रोहिणी गाउँपालिका भित्र रहेका खेतीयोग्य जमिनमा जथाभावी नयाँ उद्योग स्थापनाको लागि अनुमतिमा रोक लगाउनुपर्ने, किसानको लागि सिंचाई सुविधा अन्तर्गतको भैलुभुजाका पम्पहरु मर्मतसम्भार गरी अबिलम्ब सञ्चालनमा ल्याउनुपर्ने र भुमिगत जलस्रोत परियोजना अन्तर्गत प्रत्येक गाउँको २० विगाह क्षेत्रफलमा ५ वटा स्यालो ट्युबवेल जडान कार्य अनिवार्य अबिलम्ब लागु गर्नुपर्ने माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले सकारात्मक मागहरुको सम्बोधन गर्न आफु र गाउँपालिका सदैव प्रतिबद्ध रहेको बताए ।

ज्ञापनपत्र बुझाउन जनमत पार्टीका क्षेत्रीय इञ्चार्ज विजय यादव, शम्भु यादव, शिवचरण केवट, विष्णु चौधरी, चन्द्र कुमार सिहं लगायत नेता कार्यकर्ता गाउँपालिका कार्यालय पुगेका थिए ।-जनतापाटी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।रुपन्देहीको गैडहवा गाउँपालिका – ७ मा जनमत पार्टीका उम्मेदवार लाल बहादुर केवट विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार केवटले ७०१ मत प्राप्त गरि विजयी भएका हुन।उनी १३१ मतान्तर निर्वाचित भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी ( एमाले )का उम्मेदवार ठग बहादुर कँवरले ५७० मत प्राप्त गरेर […]

न्यूजामधेश डेस्क रुपन्देही ,१५ कार्तिक । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसाला रुवाल विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गर्नुभएको छ । बौद्ध परम्पराअनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कठिन’ उत्सवअन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विशेष धार्मिक समारोहका बीच उहाँले भिक्षु सङ्घलाई कठिन चिवर दान गर्नुभएको हो । सार्कका […]

न्यूजमधेश डेस्क रुपन्देही ,११ भाद्र । ​लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला […]