०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मुश्लिम धर्माम्बलीको धार्मिक सभामा सरकारद्वारा रोक, सुरक्षाकर्मी परिचालन

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

न्यूजमधेश सम्बादाता
सप्तरी,२ फाल्गुण।आगामी फागुन ३ देखि शुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इजेत्जतमा) अर्थात् मुश्लिम धार्मिक सभालाई स्थगित गर्न नेपाल सरकारले आदेश दिएको छ ।

सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकास्थित जाँजर टोलमा आयोजना गर्न लागिएको मुश्लिम धार्मिक सभा नगर्न नपाल सरकार गृह मन्त्रालयले आदेश दिएको हो ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको छ । गृह मन्त्रालयको जानकारी पश्चात कार्यक्रम स्थगित गर्न भनिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिल खनालले बताए ।

खनालका अनुसार कार्यक्रम अगाडि नबढाउन आयोजक समितिलाई जानकारी दिइएको छ । ‘हामीले कार्यक्रमलाई अगाडि नबढाउन आयोजकलाई भनेका छौं’ सप्तरीका प्रमुख जिल्ला अधिकारी खनालले भने, “गृह मन्त्रालयले दिएको आदेश आयोजकलाई सुनाएका छौं ।”

प्रमुख जिल्ला अधिकारी खनालले नेपाल र भारतका मात्रै मुश्लिम धर्माम्बली बोलाउने जनाइएपनि विश्वको बिभिन्न देशबाट मुश्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम गर्न नदिइन निर्देशन आएको बताए ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठुलो संख्यामा प्रहरी खटाएको छ । दिउँसो ४ वजेदेखि नेपाल–भारत सिमा समेत सिल गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

कार्यक्रम स्थगित गरिएपछि प्रशासनले मुश्लिम समुदायका अगुवाहरुसँग वार्ता गरिरहेको बोदे बर्साईन नगरपालिका ५ का अध्यक्ष मो. मजिवुर रहमानले बताए ।

मुश्लिम समुदायले फागुन ३, ४ र ५ गतेका लागि बोदे बर्साइन नगरपालिका–५, जाँजरमा इज्तिमाको आयोजना गरेको थियो । तयारी पूरा भएपछि सरकारले कार्यक्रम स्थगित गरिएको भन्दै इज्तिमा व्यवस्थापन समितिका सचिव मो. हुसेनले बताएका छन् ।

कार्यक्रमका लागि करिब रु २ करोड खर्च खर्च भइसकेको मुश्लिम समुदायले जनाएको छ । करिब २ सय बिगाहा जग्गामा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल र टहरा निर्माण गरिएको छ भने साना ठूला गरी करिव २ हजार शौचालय निर्माण छ ।

करिव १५÷२० हजार मानिस आईसकेपछि कार्यक्रम स्थगित गराईएको भन्दै व्यवस्थापन समितिका सचिव हुसेनले असन्तुष्टि जनाएका छन् । ‘हाम्रो विशुद्ध धार्मिक प्रवचन कार्यक्रम हो । सरकारलाई शंका लागेको विषयमा सुरक्षा निकाय खटाएर आफनो काम गर्न सकिन्थ्यो’ उनले भने, ‘तयारी गर्नु अघि नै अनुमति नदिएको भएपनि हुन्थ्यो ।’

यसअघि माघ ६ गते गृहमन्त्रालयले नै जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी उक्त कार्यक्रमको सुरक्षा मिलाउन आदेश दिएको मुश्लिम धर्माम्बलीका अगुवाहरुको भनाई छ । मुस्लिम आयोगको समन्वय, निगरानी र सुपरिवेक्षणमा संचालन हुने र अन्य कुनै गैरकानुनी गतिविधि नहुने भएकोले कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन गरिएको थियो ।

अन्तराष्ट्रिय स्तरको र हजारौंको संख्यामा कार्यक्रम आयोजना हुन लागेको जानकारीपछि सुरक्षाको गाम्भिर्यतालाई मध्यनजर गर्दै केही समय अघि पहिलो पटक कार्यक्रममा रोक लगाइएको थियो ।

प्रशासनले कार्यक्रम स्थगित गराएपछि मुस्लिम आयोगको पहलमा गृहमन्त्रालय मार्फत पुनः कार्यक्रमको अनुमति लिइए पनि राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सहमतिमा दोश्रो पटक अनुमति लिईएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]