१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

प्रदेश २ नामाकरण सबै दल मधेश प्रदेश नजिक

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,४ फाल्गुण।प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका छन ।

प्रदेशको नामाकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश , नेपाली काँग्रेसले मिथिला भोजपुरा र केही सभासदहरुले मध्यमधेश दर्ता गराए छन ।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक पटकको छलफल पछि दलहरु मधेश प्रदेश नजिक पुगेका छन ।

सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतवार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिनु भएको छ ।बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहेपनि सहमतिको लागी भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन ।

प्रदेश नं। २का मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्गयाउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिनु भएको छ । उहाँले मुलुकमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनु पर्ने बताउनु भयो ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेस समेत मधेशलाई स्वीकार्य गरेकोमा धन्यवाद दिनु हुँदै अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गर्नु भयो ।

यता प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफुहरु सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउनु हुँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गर्नु भएको् छ ।

त्यसै गरि नेपाली काँग्रेस संसदीयदलका नेता राम सरोज यादवले पनि सहमतिको लागी मिथिला मधेश नाम अघि सारेको भएपनि सत्तापक्ष मधेश बाहेक केही सुन्नै नचाहेकोले आजको बैठक निष्कर्ष विहिन भएको बताउनु भयो । उहाँले सहमतिको लागि आफुहरु सदैब तयार रहेको प्रतिक्रिया समेत दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]