०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

ब्राउनसुगर सहित २ युवा पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

न्यूजमधेश सम्बादाता
सिरहा,६ फाल्गुण। इलाका प्रहरी कार्यालय गोलबजारले लागु पदार्थ ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ।गोलबजार नगरपालीका ७ चोहर्वाबाट प्रहरीले करिव ३० पोकाका ३ ग्राम ब्राउनसुगर सहित कारोवारी २५ वर्षिय कृष्ण यादवलाई घरैबाट सोमबार नियन्त्रणमा लिएको हो।

विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादवको घरबाटै यादव र सोही ठाउँका २० वर्षिय प्रवेश महतोलाई पनि नियन्त्रणमा लिएको छ।प्रहरीले उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट १५ हजार ९ सय ७५ रुपैयाँ नगद सहित विभिन्न ब्राण्डका ७ वटा मोवाइलपनि बरामद गरेको छ।गोलबजार प्रहरीलेमात्रै चालु आर्थिक वर्ष ०७६÷७७ मा ब्राउन सुगरका १४ मुदामा ३१ ज्नामाथि मुद्दा चलाएको छ।उनीहरुको साथबाट २६ ग्राम २ सय ५५ मिलि ग्राम ब्राउसुगर बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]