०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

पत्रिका बाँड्ने युवकको रहस्यमयी मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

ओम बिक्रम कुशवहा
जनकपुरधाम ,६ फाल्गुण। धनुषाको मिथिला नगरपालिका ढल्केवरमा अपराधमाथि अपराध बढिरहेको छ ।करिव एक महिनादेखि ढल्केवरमा श्रृंखलाबद्ध अपराधिक घटनाहरु हुँदै आएपनि प्रहरी प्रशासन किन अपराधी पक्राउ गर्न चुकिरहेका छन ? स्थानीयहरुको प्रश्न रहेको छ ।

ढल्केवरमा पत्रिका बाँड्ने मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव आफ्नो काकाको आँपको बगैचामा झुण्डिएको अवस्था मंगलबार बिहान साढे ८ बजे फेला परेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार विहान ८ बजेसम्म पत्रिका बाँड्दै हिँडेका युवक साढे ८ बजे अचानक झुण्डिएको अवस्थामा भेट्नु रहस्यमय रहेको स्थानीयले बताए ।

ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत विवेकले आत्महत्या होइन्, उनलाई हत्या गर्न लगाइएको पीडित परिवारले दाबी छ ।

युवकले आत्महत्या गरेको हो की आत्महत्या गर्न उत्प्रेरित गरिएको हो,यो अनुसन्धानको विषय देखिएको पीडित परिवारले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]