२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

पत्रिका बाँड्ने युवकको रहस्यमयी मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

ओम बिक्रम कुशवहा
जनकपुरधाम ,६ फाल्गुण। धनुषाको मिथिला नगरपालिका ढल्केवरमा अपराधमाथि अपराध बढिरहेको छ ।करिव एक महिनादेखि ढल्केवरमा श्रृंखलाबद्ध अपराधिक घटनाहरु हुँदै आएपनि प्रहरी प्रशासन किन अपराधी पक्राउ गर्न चुकिरहेका छन ? स्थानीयहरुको प्रश्न रहेको छ ।

ढल्केवरमा पत्रिका बाँड्ने मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव आफ्नो काकाको आँपको बगैचामा झुण्डिएको अवस्था मंगलबार बिहान साढे ८ बजे फेला परेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार विहान ८ बजेसम्म पत्रिका बाँड्दै हिँडेका युवक साढे ८ बजे अचानक झुण्डिएको अवस्थामा भेट्नु रहस्यमय रहेको स्थानीयले बताए ।

ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत विवेकले आत्महत्या होइन्, उनलाई हत्या गर्न लगाइएको पीडित परिवारले दाबी छ ।

युवकले आत्महत्या गरेको हो की आत्महत्या गर्न उत्प्रेरित गरिएको हो,यो अनुसन्धानको विषय देखिएको पीडित परिवारले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]