०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

जब पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाएपछि !

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

श्रवण देव
जनकपुरधाम,७फाल्गुण।हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ ।

झन् तराईरमधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन ।

निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने, महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा धनुषाका महिलाहरुले यस्तो संस्कृतिलाई चुनौती दिएका छन् । निधन भएका आफन्तको शवलाई आफ्नो काँधमा बोक्दै दाहसंस्कारका लागि खोला छेउसम्म महिलाहरुले नै लगेका छन् ।

मंगलबार धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको निधन भयो । नेपाली कांग्रेसका कृयाशील सदस्यसमेत रहेका यादवको निधन भएपछि उनको पार्थिव शरीरलाई पुरुषले काँधमा बोकेनन् । महिलाले नै बोके ।

मृत्युको यो घटना आफैंमा दुःख त हो नै, तर, महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।

पाँच छोरीका पिता रामनारयणको निधनपछि गाउँमा छलफल भयो । दाहसंस्कार र क्रियाकर्म कसले गर्ने ? रामनारायणका छोरा थिएन् । केही व्यक्तिले नातागोताका छोराबाट दाहसंस्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए । र, पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा आमा अर्थात मृतककी श्रीमतीले दागबत्ती दिइन् ।

रामनारायणका पाँच छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठी छोरी ४० बर्षीया नेपुर यादव, माइली छोरी ३७ बर्षीया राजदेवी यादव, साँहिली ३५ बर्षीया प्रमिला यादव, काइँली ३२ बर्षीया अनिता यादव र कान्छी ३० बर्षीया गोरकी यादवले पिताको शव आफैं बोके ।

घरदेखि पाँच किलोमिटरको दूरीमा रहेको कमला खोला छेउसम्म उनीहरुले नै पिताको पार्थिव शरीर बोकेर पुर्‍याए । त्यहाँ पुगेपछि मृतक रामनारायणकी ६२ बर्षीया पत्नी राधिकादेवीले दागबत्ति दिइन् ।

रामनारायणलाई श्रद्वाञ्जली दिन गएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पहाडतिरका महिलाहरु क्रियाकर्ममा बसेको देखिए पनि पार्थिव शरीरलाई काँधमै बोकेर पाँच किलोमिटरसम्म पुर्‍याएको पहिलोपटक आफूले देखेको बताए ।तस्वीर : जगतसुन्दर साह

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]