२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

कृषिकको उर्वर क्षेत्रमा सिँचाइ भएपछि कृषक रमाए

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

न्यूजमधेश सम्बादाता
परासी,७ फाल्गुण। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षौँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ ।

सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, फूलबारीलगायत गाउँका सयौँ कृषक लाभावन्ति हुने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिँचाइका लागि धेरै समस्या थियो, सिँचाइ सुविधा कठिनाइ हुँदा कृषि उत्पादन निकै कम छ, कच्ची बाँध बनाउँदा पानीले बगाएर समस्या आउने गथ्र्यो, अब पक्की बाँध नै निमार्ण भएको छ, यसै महिनामा निर्माणकार्य पूर्ण सम्पन्न भएपछि सिँचाइका लागि सहज हुनेछ”, सो कार्यक्रमबाट रु २५ लाख, गाउँपालिकाबाट रु २० लाख र जनश्रमदान चार लाख ९४ हजार १५४ गरी रु ४९ लाख ९४ हजार १५४ को लागतमा बाँध निर्माण गरिएको होे ।

यसअघि स्थानीय कृषकले खोलामा माटोको कच्ची बाँध निर्माण गर्दै सिँचाइको प्रयास गरे पनि पटक–पटक भत्किने समस्याले कृषकलाई असुविधा भइरहेको थियो । सिँचाइ पर्याप्त नहुँदा कृषि उब्जनीको उत्पादन कम रहेको थियो । “पानीको समस्याका कारण कृषकले समयमा खेती गर्न पाएका छैनन्, चापाकल, बोरिङको पानी पनि सुक्ने समस्या छ, आकाशे पानीमा भर पर्नुपर्ने अवस्था छ”, अध्यक्ष चौधरीले भन्नुभयो । बाँध निर्माण भएपछि पानी रिचार्ज हुने, उत्पादन वृद्धि हुने तथा माछापालनसमेत गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सिँचाइको दिगो व्यवस्थापन हुने भन्दै कृषकमा उत्साह थपिएको उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले जानकारी दिनुभयो । बाँध निर्माण भएपछि अब बाह्रै महिना सिँचाइ सुविधा पुग्ने र व्यवस्थित खेती गर्न सहज हुने छ । “सिँचाइको सुविधाले बाँझो र सुक्खा अवस्थामा रहेका जमिनमा तरकारी, अन्नबाली प्रशस्त उब्जाउ गर्न सहज हुन्छ, अब कृषि उपजको उत्पादन पनि बढ्नेछ, यसले गर्दा यहाँका कृषकमा उत्साह थपिएको छ”, उहाँले भन्नुभयो ।

बाँध निर्माण भएपछि अब खेती गर्न सहज हुनुका साथै उत्पादन वृद्धि हुने स्थानीय कृषक हरिलाल यादवले बताउनुभयो । सरावल गाउँपालिका कृषिकको उर्वर क्षेत्र हो । गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट तथा कार्यक्रम तर्जुमा गरेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]