१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

रमुवादह मेलाको औपचारिक रुपमा उद्घघाटन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,८ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा महाशिवरात्रीको अवसरमा रमुवादह मेलालाई बुधबार औपचारिक रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा वडाध्यक्ष चुर बहादुर खड्काले उद्घाटन गर्नु भएको छ ।

“समृद्धि र विकासका लागि ऐतिहासिक गढी तथा धार्मिक पर्यटकीय क्षेत्र शिवगढीको पहिचान, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालन भएको दोस्रो शिवगढी मेला तथा महाशिवरात्री पर्व विशेष साँस्कृतिक कार्यक्रम २०७६ शिवगढी पर्यटन विकास संस्थाको आयोजनामा सञ्चालन गरिएको छ ।

तीन दिन सम्म सञ्चालन हुने यो पर्यटन वर्ष ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार गर्ने उद्धेश्यले रमुवादह मेलाको यस वर्ष पनि विगतका वर्ष जस्तै रमुवादहमा गरिने मेला बुधवार देखि सुरु भएकोे छ ।

मेलाले मन्दिरको प्रचार प्रसार साथै शिवगढीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने शिवगढी पर्यटन विकास सस्थाका अध्यक्ष माल बहादुर घर्तीले बताउनुभयो ।

शिवरात्रीको अवसरमा शिवगढीमा दर्शनार्थीहरुको उल्लेखनीय सहभागी हुने भएकोले त्यस क्षेत्रको सुरक्षा व्यवस्था, स्वयम् सेवक परिचालन, प्राथमिक उपचार र मन्दिर व्यवस्थापनमा विशेष ध्यान दिएको आयोजकले जनाएको छ ।

गाउँबाट करिब २ घण्टा पैदल हिडेर जानुपर्ने भएकोले मन्दिर पुग्न बाटोमा मर्मत, ठाउँ–ठाउँमा मन्दिरसम्म पुग्न संकेत चिन्ह पम्पलेट राखिएकोले श्रद्धालु, भक्तजनमा पुग्न सक्ने समेत आयोजले जानकारी दिएको छ । मेला फागुन ७ गते देखि ९ गतेसम्म लाग्ने छ ।

कार्यक्रममा अधिकांश बोल्ने वक्ताहरुले ५ नंं. प्रदेश कै शिवगढी मन्दिर धरोहर भएकाले यस मन्दिरलाई प्रचारप्रसार, संरक्षण, सम्वद्र्धनको लागि अझै आवश्यक रहेको बताएका छन् । यसका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुले समयमा ध्यान दिई पर्यटकीय स्थलको रुपमा विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम विक्रम केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]