०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ ।

यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार उलंघनको संख्या वागमति प्रदेशमा सबै भन्दा बढी देखिएको छ । वागमती प्रदेशमा प्रदेश २ भन्दा दोब्बरले बढेको देखिन्छ । वागमती प्रदेशमा ७ सय ४७ महिलाको अधिकार उलंघन भएको इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तकमा उल्लेख भएको छ ।

प्रदेश २ मा जम्मा ७ सय ३० मानव अधिकार उलंघनको घटना भएको छ । यो संख्या गएको वर्षमा ६ सय १ मात्र थियो । प्रदेशमा ७ सय ३० मानव अधिकार उलंघन मध्ये महिला अधिकारकै २ सय ३६ घटना भएको पाइएको छ । प्रदेश २ मा मानव अधिकारको घटनामा सबै भन्दा बढी महिला पीडित भएको देखिएको छ । वर्ष पुस्तक अनुसार प्रदेशमा हत्या ७९ वटा, बाल अधिकार उलंघनका घटना २ सय २५, घाइते २६, अपहरण १७, घाइते २६, राज्यपक्षबाट ६, कुटपीट ५७ र राज्य पक्षबाट २२ वटा कुटपीट भएको छ ।

यस्तै धाकधम्की ९ जनालाई दिएको छ भने जातिय विभेद ५ र गिरफ्तार १५ जनालाई गरेको कितावमा मार्फत इन्सेकले जनाएको हो । यस्तै धनुषामा ९७ वटा मानव अधिकार उलंघनको घटना भएको छ, जस्मा हत्या र बलात्कार सबै भन्दा बढी भएको पाइएको छ । वर्ष पुस्तकको अनुसार धनुषामा १९ वटा महिला बलात्कृत भएकी छिन् भने १९ वटा हत्याको घटना पनि भएको छ ।

संगठित हुने अधिकारको हनन्को घटना १७ वटा, बहुविवाह ११ वटा र कुटपीट ४ वटा भएको देखिएको छ । इन्सेकका प्रदेश संयोजक राजु पासवान र एडभोकेसीका राजकुमार महासेठले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए । यस वर्ष इन्सेक उत्कृष्ट प्रतिनिधिका रुपमा बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेल पुरुस्कृत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]