१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

दाइजो नलिएरै छोराको विवाह गरे मालपोत प्रमुख साह

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,९ फाल्गुण।रौतहटका एक सरकारी अधिकारीले आफ्नो छोराको विना दाइजो विवाह गरेका छन्।मालपोत कार्यालय मौलापुर,रौतहटका प्रमुख बबुनन्दन साहले छोरा डा. राकेश स्वर्णकारको विवाह गौर नगरपालिका ५ की आरती साहसँग विना दाइजो विवाह सम्पन्न गरेका हुन्।

मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती लैजाने चलन छ।तर बेहुला राकेशले सिमित संख्यामा जन्ती लिएर विहिवार दिउँसो जनकपुरस्थित जानकी मन्दिर पुगे । बेहुली पनि आफ्न्त लिएर मन्दिर आइपुगिन् । हिन्दु धर्मअनुसार पण्डितले राकेश र आरतीको विवाह गराए ।

बेहुला राकेश डाक्टर हुन् । उनी काठमाडौंस्थित टिचिङ हस्पिटलमा कार्यरत छन् । स्तानक गरेकी बेहुली आरती मालपोत कार्यालय मौलापुरमै करारमा कार्यरत छिन् ।

बेहुली आरतीको बुवा लालबहादुर साहको १५ दिनअगाडी मात्रै हर्टअट्याक भएर निधन भएको थियो । जसले गर्दा आरतीको विवाह कसरी गर्ने भनेर उनको परिवारमा चिन्ता थपिएको दुई साता नवित्दै विना दाइजो उनको विवाह भएको छ । उनका दाई सन्तोष साहले लत्ताकपडा र केहि अन्य काममा मात्र ५०÷६० हजार खर्च भएको सुनाए ।

उनले दाइजो नदिएर बहिनीको विवाह गर्न पाएकोमा खुःशी व्यक्त गरे । उनले सामाजिक परम्परा नै विवाहको टुङ्गो लागेको र विवाह पनि सम्पन्न भएको बताए । उनले भने, ‘दुवै जनाको जीवन सुखद होस् भन्न चाहन्छु ।’
दाइजो प्रथा अन्त्य गर्न जरुरी रहेको सन्देश समाजलाई दिन छोरा डाक्टर भएपनि एक रुपैया दहेज नलिई उनको विवाह गरेको बबुनन्दन साहले प्रतिक्रिया दिए ।न्यूजमधेश सँग उनले भने, ‘हाम्रो समाजबाट दहेजको अन्त्य हुनुपर्छ ।’ उनले छोराको विवाह गर्दा दाइजो नलिन सबैसँग अनुरोध समेत गरे ।

यता, विवाहमा सहभागी जयकिशोर प्रसाद साहले बबुनन्दन जीले विना दाइजो छोराको विवाह गरेर उदाहरणीय काम गरेको भन्दै प्रसँसा गरे । उनले मधेसमा दाइजो प्रथाले जरा गाडेको अवस्थामा एक रुपैया पनि दाइजो नलिएर विवाह गर्नुले समाजलाई ठूलो सन्देश गएको बताए ।

उनले भने, ‘दाइजोका कारण हरेक दिन कहि न कहि महिलाको हत्या हुने गरेको छ । यो एकदमै दुःखदायी अवस्था हो । त्यसैले दाइजो प्रथाको अन्त्य हुनुपर्छ । आज बबुनन्दन जीले विना दाइजो छोराको विहे गर्नुभयो । यसरी नै दाइजो प्रथालाई सबैले झापड लगाउनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]