१० भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

दुई बुदें सहमतिपछि लक्ष्मण थारुले अनशन तोडिए

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०७६

न्यूजमधेश सम्बादाता
कैलाली,९ फाल्गुण ।थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बुधबार ८औं दिनमा अनशन तोडेका छ्न।

नेता थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाएका हुन् । नेता थारु फागुन १ गतेदेखि १४ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका थिए ।

उनको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै धनगढी संम्वाद समुहले कैलाली जिल्लामा रहेका राजनैतिक दलसंगको सम्वादमा दुई बुँदे सहमति भएको थियो ।

सम्वाद समुहले गरेको छलफलमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको विगत ८ दिन लामो अनशका कारणले स्वास्थ्य अवस्था गभ्भिर रहेको र अनशनकारीको जीवन रक्षा संवेदनशिल भएकोले मोर्चाले उठाएको मुद्धाहरु सामाधान गर्नका लागि गठित गरिसचन्द्र लालको नेतृत्वमा बनेको उच्चस्तरी आयोग र अन्य विभिन्न समयमा बनेको छानवीन समितिको सत्य तथ्य छानवीन प्रतिबेदन सार्वजनिक गर्ने लगायतका मोर्चाले उठाएका उचित मागहरु राजनैतिकरुपले समाधान गर्न नेपालसरकारलाई अनुरेध गर्न कैलाली जिल्लाका क्रियाशील पार्टीहरु सहमत भएको छ ।

त्यस्तै अनशनरत नेता लक्ष्मण थारुलाई शान्तिपूर्ण आन्दोलनको अन्तिम अस्त्र आमरण अनशनलाई स्थगतन गरि कैलाली जिल्लाका राजनैतिक दलसंग छलफल र सहकार्य गर्दै आन्दोलनका अन्य विकल्पहरु अगाडी सार्न अनुरोध गरेको छ ।

अनशन स्थगन गर्रदै नेता थारुले भने ‘यो नै आन्तिम आन्दोलन होईन, अनशन मात्रै तोडेको हो । आन्दोलन जारी रहन्छ । सम्वाद समुह, राजनीतक दल लगायत सम्पूर्णलाई धन्यवाद ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]