२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल झैं : सिके राउत

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

न्यूजमधेश सम्बादाता
महोत्तरी,११ फाल्गुण । जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकका पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल लगाए झैं चलिरहेको बताएका छन् ।

महोत्तरीको गौशालामा शनिबार पार्टीद्वारा आयोजित आमसभामा बोल्दै राउतले उक्त कुरा बताएका हुन् । पार्टीले जनताको मत लिएर रक्सीको बोतल झैं आफ्नो लेबल परिवर्तन गरिरहेको बताए । उनले बर्तमान नेकपा, कांग्रेस र मधेशवादी दलबाट जनता ठगिदैं आएको बताए ।

७० बर्षदेखि देशमा राजनीति गर्दै आएको कांग्रेसले जनतालाई केहि दिन नसकेको बताउँदै उनले नेकपा र मधेशवादीको हाल पनि त्यस्तै भएको बताए । ‘यी पार्टीका नेताहरु जनताको मत लिएर कुर्सीमा जाने र त्यसपछि जनतालाई बिर्सदैं आएका छन्’ उनले भने, “यसैले जनताको सेवक बन्दै अगाडि आउन खोजेको छ ।”

राउतले एक पटक जनमत पार्टीलाई मत दिन सबैसँग आग्रह गर्दै त्यसपछि राम्रो काम गर्न नसके मत नदिन भने ।

म्धेशवादी दलले जनतालाई शहीद मात्रै बनाएको र शहीदको सपना अहिलेसम्म पूरा नगरेको उनको भनाई थियो ।

पार्टीका जिल्ला सदस्य अर्जुन मण्डलको अध्यक्षतामा आयोजित आम सभामा पार्टीका महिला नेत्री सुनिता महतोले स्वागत मन्तव्य राखेको सभामा केन्द्रीय सदस्य अब्दुल खान, चन्दन सिंह, संजय स्वराजीसहितका नेताले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सय जना कांग्रेस र नेकपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको अध्यक्ष मण्डलले बताए ।

सो कार्यक्रममा पार्टीका जिल्लाभरका सम्पुर्ण नगर र गाउपालिकाको प्रतिनिधिहरुको समेत उपस्थिति रहेको जनमत पार्टी महोत्तरीका संयोजक बिरेन्द्र मण्डलले जानकारी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]