२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल झैं : सिके राउत

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

न्यूजमधेश सम्बादाता
महोत्तरी,११ फाल्गुण । जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकका पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल लगाए झैं चलिरहेको बताएका छन् ।

महोत्तरीको गौशालामा शनिबार पार्टीद्वारा आयोजित आमसभामा बोल्दै राउतले उक्त कुरा बताएका हुन् । पार्टीले जनताको मत लिएर रक्सीको बोतल झैं आफ्नो लेबल परिवर्तन गरिरहेको बताए । उनले बर्तमान नेकपा, कांग्रेस र मधेशवादी दलबाट जनता ठगिदैं आएको बताए ।

७० बर्षदेखि देशमा राजनीति गर्दै आएको कांग्रेसले जनतालाई केहि दिन नसकेको बताउँदै उनले नेकपा र मधेशवादीको हाल पनि त्यस्तै भएको बताए । ‘यी पार्टीका नेताहरु जनताको मत लिएर कुर्सीमा जाने र त्यसपछि जनतालाई बिर्सदैं आएका छन्’ उनले भने, “यसैले जनताको सेवक बन्दै अगाडि आउन खोजेको छ ।”

राउतले एक पटक जनमत पार्टीलाई मत दिन सबैसँग आग्रह गर्दै त्यसपछि राम्रो काम गर्न नसके मत नदिन भने ।

म्धेशवादी दलले जनतालाई शहीद मात्रै बनाएको र शहीदको सपना अहिलेसम्म पूरा नगरेको उनको भनाई थियो ।

पार्टीका जिल्ला सदस्य अर्जुन मण्डलको अध्यक्षतामा आयोजित आम सभामा पार्टीका महिला नेत्री सुनिता महतोले स्वागत मन्तव्य राखेको सभामा केन्द्रीय सदस्य अब्दुल खान, चन्दन सिंह, संजय स्वराजीसहितका नेताले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सय जना कांग्रेस र नेकपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको अध्यक्ष मण्डलले बताए ।

सो कार्यक्रममा पार्टीका जिल्लाभरका सम्पुर्ण नगर र गाउपालिकाको प्रतिनिधिहरुको समेत उपस्थिति रहेको जनमत पार्टी महोत्तरीका संयोजक बिरेन्द्र मण्डलले जानकारी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]