२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

साँसद अरगरियाद्वारा कमला पुलको निरीक्षण

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११फाल्गुण । समाजवादी पार्टीका संघीय साँसद तथा प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषा–सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुलको निरीक्षण गरेका छन् ।

संसदमा समेत पुल निर्माणमा ढिलाइ भइरहेको भन्दै पटक पटक आवाज उठाएका साँसद अरगरियाले पुलको निरीक्षण पश्चात निर्माण समयमा सक्न ठेकेदार कम्पनीका प्रतिनिधिसँग आग्रह गरेका हुन् । ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिले जेठभित्रै निर्माण सक्ने साँसद अरगरिया समक्ष प्रतिवद्धता जनाएका छन् ।

पुल निर्माणका लागि ९ वर्ष अगाडी २४ करोड ९१ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का लिएका थिए । तर पुल निर्माण समयमा गर्न सकेन । पटक पटक म्याद थपेपनि काममा ढिलाइ गर्दा ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई दिएको छ ।

लुम्बिनी बिल्डर्सले ठेक्का पाएदेखि पुल निर्माण तिब्र गतिमा भइरहेको छ । निरीक्षण पश्चात साँसद अरगरियाले भने, ‘पुल निर्माणले तिब्रता पाएको छ । अब केहि दिनभित्रै निर्माण सकिने विश्वास छ ।’

पुल निर्माण समयमा नहुँदा धनुषा र सिरहाका दर्जनौं गाउँका बासिन्दा ठूलो समस्या झेल्दै आएका छन् । असारमा हरेक वर्ष आउने बाढीले महिनौंसम्म उक्त सडक ठप्प हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]