२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

कम्युनिस्टलाई सत्तामा पुगेपछि रोग लाग्यो उपचार गर्नुपर्छ भनेर भनेकै होः प्रचण्ड

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

राम सागर मण्डल
जनकपुरधाम,११ फाल्गुण।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् ।

आइतवार जनकपुर पुगेका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताएका हुन् ।

धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका प्रचण्डले भने, ‘सञ्चारमन्त्रीवाला घटनामा सम्बन्धित निकायले जाँचबुझ गर्ने भनिसकेकै छ, अख्तियार अरु सबैले । लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’

अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि बिग्रिने रोग लागेको भनेर आफूले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरे ।

‘मैले भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो, हाम्रो पार्टीको मात्रै भनेको होइन’, उनले भने, ‘कम्युनिस्टहरु संघर्ष गर्दासम्म राम्रो र कम्युनिस्ट सत्तामा पुगेपछि नराम्रो रोग लागेको त विश्वभरी छ । त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]