३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

मध्यमा परिक्रमा प्रारम्भ, आज कल्याणेश्वर जाँदै

Logo
प्रकाशित सोमबार, फाल्गुण १२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ फाल्गुण।तराई मधेशकै एतिहासिक महाकुम्भ मध्यमा परिक्रमा आइतबारदेखि प्रारम्भ छ ।नेकपा अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान धनुषाको मिथिलाबिहारी मन्दिरमा डोला उठाएपछि परिक्रमाको शुरुवात भएको हो ।

पुर्वप्रधानमन्त्री प्रचण्ड हेलिकप्टरबाट सोझैँ मिथिलाबिहारी नगरपालिका पुगेका थिए ।कचुरीगाउँमा अवस्थित मिथिला बिहारी मन्दिरमा रहेको मिथिला बिहारीको डोलालाई उठाएर ५ दिवसीय मध्यमा परिक्रमाको शुरुवात गरे ।डोलाले कचुरी गाउँको परिक्रमा गरेर जनकपुरधामको लागि प्रस्थान गरेका थिए ।
जनकपुरधामको हनुमाननगरमा रात्रि विश्रामपछि सोमबार कल्याणेश्वरको लागि प्रस्थान गर्नेछ । परिक्रमा यात्रीले सोमबार रात्रि
विश्राम कल्याणेश्वरमै गर्ने छन् ।मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि महात्म्यमा उल्लेख छ । नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सहभागी हुने गर्दछन् ।जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ ।

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति,देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारै दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दू धर्म, संस्कृति र परम्परामायसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अब्ग मानिएको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।

यज्ञ, मन्दिर, नदी, पवृत तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्था अनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरको क्षेत्रमा पदयात्रा गरिन्छ ।यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाब्गै खुट्टा पदयात्रामा सामेल हुनेहरू ब्रह्मचर्य जीवन पालन गर्नुपर्ने हुन्छ ।इतिहासकारका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जब्गल थियो । हाल बस्ती रहेको छ ।

अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उनका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले ।उनी कचुरी मठका महन्त थिए । त्यसैबेलादेखि परिक्रमाको मूल डोली कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो । परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरितममा उल्लेख गरिएको छ ।

जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ ।परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत बिहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ ।भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बास बस्ने र अन्य दिनझैँ भक्तिभावमा लीन हुने चलन छ ।

प्राचीन समयमा जानकीमाता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ । गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकीमाताको विवाहमा मटकोर गरिएको ठाउँले ख्यातिप्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् ।मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ ।

उक्त ठाउँमा भगवान् शब्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ । यहाँबाट धु्रवको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गब्गा र विरजा गब्गाको सब्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]