२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

विपन्न परिवारलाई कम्बल

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४फाल्गुण।धनुषा जिल्लाको औरही गाउँपालिकामा विपन्न परिवारलाई मंगलबार कम्बल वितरण गरिएकोछ।

मंगलबार जिल्ला विपद्व्य वस्थापन समिति,नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सहयोगमा जुम नेपालको संयो जकत्वमा औरही गाउँपालिकाको झिटकोहिया टोलमा २८ जना अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो।

कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेल, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल,नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सभापति नरेश प्रसाद सिंह ,राजकिशोर यादव लगायतको उपस्थितिमा कम्बल वितरण गरेको जूम नेपालका अध्यक्ष मनोज कुमार साहले जनाकारी दिए।

त्यसैगरि जनकनन्दनी गाउँपालिकाको खजुरी महुवास्थित महरा टोलमा सोमबार २८ जना अशक्त,अपांग लगायत अति बिपन्न घरपरिवारलाई कम्बल वितरण गरेको थियो।

उक्त कम्बल वितरण कार्यक्रममा स्थानीय राकेश गुप्ता, आशिन साफी, जगतारैन देवि महरा, गेना देवी र डा हासिम राईन समेतको उपस्थिति रहेको अध्यक्ष साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]