१५ आषाढ २०८३, मंगलबार
30-06-2026 , Tue
×

मधेशी सहिदहरुको शालिक बिरगंजमा बन्ने

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
बीरगंज,१७ फाल्गुण। बीरगंजमा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको शालिक निर्माण गरिने भएको छ । घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक निर्माण गरिने भएको हो ।

चालू आर्थिक वर्ष २०७६÷७७ भित्रै शालिक निर्माण गरिने लक्ष्य लिइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य प्रदीप यादव र महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले संयुृक्त रुपमा शालिकको शिलान्यास गरेका छन् ।

पछिल्लो मधेश आन्दोलनका क्रममा पर्सामा ७ जनाले ज्यान गुमाएका छन् । उनीहरु सबैको शालिक निर्माण गरिने सांसद यादवले बताए । शहीदकै कारण हालसम्मको उपलब्धी रहेको भन्दै उनले शहीदलाई मधेशको धर्तीमा सम्मान गर्न र सम्झनामा राख्न सहिद स्मारक निर्माण गर्न लागिएको जानकारी दिए ।

शालिक निर्माणका लागि रु ४० लाख बजेट छुट्टयाएको छ । सांसद यादवको संसदीय कोष अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट रु २० लाख र वीरगञ्ज महानगरपालिकाले २० लाख गरी ४० लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।

शालिक निर्माण गर्न लागिएको विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गत बर्ष संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका थिए । तर त्यो पार्क निर्माणको काम हालसम्म अगाडि बढ्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]