१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

परिक्रमाका सहभागीसँगै होली महोत्सवमा रमाए साधु

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१९ फाल्गुण। भगवान राम र सिताले त्रेतायुगमा रंग दलेर होली खेलेको स्मरण गर्दै आईतबार हजारौंले एकसाथ होली खेलेका छन् । नेपाल र भारतका बासिन्दाहरु एकसाथ मिलेर एकले अर्कालाई रंग तथा अबीर दले ।

महोत्तरीको भंगहा नगरपालिकास्थित मिथिलाकै प्रसिद्व ‘कंचन वन’ मा सामूहिक होली खेलिएको छ । यहाँ होली खेलिएसँगै मिथिला क्षेत्रमा औपचारिक रुपमा होली पर्वको प्रारम्भ भएको मानिदैं आएको छ ।

आईतबार मिथिला माध्यिमिकी परिक्रमाको डोला कंचन वन पुगेपछि यहाँ होली खेल्ने गरिन्छ । कंचन वनमा मनाइएको होली महोत्सवमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले पनि सहभागिता जनाए । उनीहरुले पनि एक अर्कालाई रंग, अबीर दलेका छन् ।

हजारौंले एकसाथ होली मनाइरहँदा संघीय मन्त्री भट्टराई आएको हेलिकप्टरबाट पृष्पबबृष्टि समेत गरिएको थियो । हेलिकप्टरबाट पुष्ृबृष्टि गर्दा यहाँको वातावरण उल्लासमय बनेको थियो ।

जनकपुरधामस्थित हनुमान नगरबाट डोलासहित शुरु गरिएको मिथिला माध्यमिकी परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै आईतबार कञ्चनबन पुग्दा होली खेलिएको छ ।

यो होली महोत्सवमा मठ–मन्दिरका महन्थ, पूजारी, सामाजिक, साँस्कृतिककर्मी, राजनीतिक क्षेत्रका व्यक्तिका साथै गरीव र धनी सबै सहभागी हुन्छन् । महोत्सवमा नेपाल र भारतका उल्लेख्य नागरिकको सहभागिता थियो ।

कंचन वनको इतिहासलाई जीवन्त राख्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यहाँ होली महोत्सव मनाउँदै आएको छ ।

आईतबार पनि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, महोत्तरीको भंगहा नगरपालिका र किशोरीजीको डोलाको संयुक्त आयोजनामा होली महोत्सवको आयोजना गरिएको छ ।

होली महोत्सवमा सहभागी हुन आएका संस्कृति, पर्यटन, नागरिक तथा उड्ड्यन मन्त्री भट्टराईले कंचन वनका लागि बजेट विनियोजन गर्ने बताए । ‘प्रदेशले पनि बजेट लगाऔं, संघले पनि बजेट दिन्छ’ मन्त्री भट्टराईले भने, “प्रदेश २ लाई धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्र बनाउन सबैले ध्यान दिनु जरुरी छ ।”

नेपाल अनेक भाषा र संस्कृतिको संगम भएको बताउँदै उनले भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा समेत जोड् दिए ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राय यादवले मिथिला माध्यमिकी परिक्रमामा मात्रै हजारौं पर्यटक आएको भन्दै यसलाई व्यवस्थित गर्न संघीय सरकारले समेत ध्यान दिनुपर्ने बताए ।

उनले नेपाल सरकारले पर्यटन बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा त्यो प्रदेश २ ले नै पूरा गर्ने बताए ।

कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालिग्राम सिंह, भंगहा नगरपालिकाका मेयर संजीब कुमार साह, किशोरीजी डोलाका नेतृत्वकर्ता नवलशरण दाससहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]