१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

जीप दुर्घटना हुदाँ गाउँपालिका सचिवको मृत्यु

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

सन्तोष यादव
पोखरा,२२ फाल्गुण।गोरखामाल जिप दुर्घटना भएको छ । गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं। ६ वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले बताएएको छ ।

दुर्घटनामा घाइते उपाध्यक्ष सहित सात जनालाई उपचारका लागि काठमाण्डु पठाउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। गयराती आरुघाटबाट काशीगाउँ हिडेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं।१स्थित धोरतको जंगलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थल अप्ठ्यारो ठाउँमा भएकाले घाइतेको उपचारमा समस्या भएको स्थानीयले जनाएका छन् । प्रहरी प्रमुख अधिकारीले घाइते सबैलाई उपचारका लागि काठमाण्डु पठाउँने तयारी अनुसार नेपाली सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]