१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जीप दुर्घटना हुदाँ गाउँपालिका सचिवको मृत्यु

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

सन्तोष यादव
पोखरा,२२ फाल्गुण।गोरखामाल जिप दुर्घटना भएको छ । गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं। ६ वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले बताएएको छ ।

दुर्घटनामा घाइते उपाध्यक्ष सहित सात जनालाई उपचारका लागि काठमाण्डु पठाउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। गयराती आरुघाटबाट काशीगाउँ हिडेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं।१स्थित धोरतको जंगलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थल अप्ठ्यारो ठाउँमा भएकाले घाइतेको उपचारमा समस्या भएको स्थानीयले जनाएका छन् । प्रहरी प्रमुख अधिकारीले घाइते सबैलाई उपचारका लागि काठमाण्डु पठाउँने तयारी अनुसार नेपाली सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]