२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

कपिलवस्तुमा अज्ञात समुहद्धारा ६ गाडीमा आगजनी

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०,बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो।

आगजनी भएका उक्त सामाग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको पाइएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूहद्धारा आगजनी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट जेसिभि , स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।

राती सडक बनाउन बस्ने कामदारको कोठामा बाहिराबाट चुकल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिनु भयो।

कस्ले लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो।इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचाबाट घटना स्थलमा प्रहरी पुगेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]