०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बेपत्ता परिवारको लागि राज्य इमान्दार भएनःमुख्यमन्त्री

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुराधाम,२२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । बेपत्ता पारिएको व्यक्तीको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश २ मा रहेको १ सय ९६ बेपत्ता परिवारको न्यायको लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले थप्नुभयो ।

बेपत्ता परिवारको समस्यालाई अव नबल्झाऔ, उहाँले भन्नुभयो–चाँडो भन्दा चाँडो निक्र्यौलमा पुर्याऔं ।परिवारका सदस्य गुमाएकाहरुको पीडा कम गर्नको लागि पनि न्याय दिनुपर्ने तर्क उहाँले गर्नुभयो ।

बेपत्ता पारिएको व्यक्तीको छानविन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्नुभयो ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, आयोगका सहसचिव इश्वरी प्रसाद ढकाल, सदस्य सुनिलरंजन सिंह लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै साँश कि लाश दिनुपर्ने माग गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]